शेयरबजार उकालाे यात्रामा चढ्याे
- गाउँ सहर संवाददाता
- १६ कार्तिक मंगलबार, २०७८ | १५:३८:०० मा प्रकाशित

काठमाडाैं । आज मंगलबार नेप्से परिसूचक २३.७६ अंक बढेर २८४३.६२ विन्दुमा पुगेको छ । सोमबार घटेकाे नेप्से यसदिन दाेहाेराे अंकले बढेकाे हाे ।
यस दिन २३० कम्पनीको ५९ हजार ८८१ पटकको कारोबारमा ६ अर्ब ७ करोड ३७ लाख १६ हजार रुपैयाँ बराबरको ९९ लाख ७७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । अघिल्लो कारोबार दिन नेप्सेमा ७ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये २ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा उच्च बृद्धि हुने साहस उर्जा कम्पनी र गुडवील फाइनान्स कम्पनी रहेका छन् । आज यी कम्पनीहरुको शेयरमूल्य आज सर्किट लेभलमा बढेको छ ।
त्यस्तै, आज बिशाल बजार कम्पनी, नेपाल बंगलादेश बैंक, आरएमडीसी लघुवित्त लगायतका पाँच कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ ।
कारोबार रकमका आधारमा यस दिन महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको यस दिन ४६ करोड ९७ लाख २३ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस