उतारचढावबीच बुधबार पनि सेयर बजार उकालाे, कारोबार रकममा थप सुधार
- गाउँ सहर संवाददाता
- १० कार्तिक बुधबार, २०७८ | १५:३९:०० मा प्रकाशित
काठमाडौं । नेप्से सूचक बुधबार पनि दोहोरो अंकले बढेर बन्द भएको छ । कारोबारमा उतारचढावबीच पनि नेप्से परिसूचक १८ अंकले बृद्धि भइ बन्द भएको छ । यससँगै नेप्से परिसूचक २७६९.१३ अंकमा पुगेको छ ।
गत आइतबारदेखि बढेको बजार बुधबारसम्म आइपुग्दा निरन्तर उकालो लागेको छ ।
बुधबार ६ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको छ । यस दिन ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८३९ रुपैयाँ बराबरको १ करोड १५ लाख ९२ हजार २३५ कित्ता शेयर खरिद बिक्री भएको छ । मंगलबार ६ अर्ब ३१ करोड रुपैयाँको शेयर कारोबार भएको थियाे ।
यो दिन १२२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९२ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै १४ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
उपसमूहतर्फ होटल तथा पर्यटन, विकास बैंक, जलविद्युत् र म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङबाहेकमा उपसूचक हरियो भएका छन् ।
यस दिन बेष्ट फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ८.६८ प्रतिशतले बढेको छ । रैराङ हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ४.७१ प्रतिशतले घटेको छ ।
नविल बैंकको सबैभन्दा धेरै ४३ करोड १८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
प्रतिकृया दिनुहोस