नेपालगञ्जबाट मुगुको गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस दुर्घटना
- गाउँ सहर संवाददाता
- २६ असोज मंगलबार, २०७८ | १६:४३:०० मा प्रकाशित
काठमाडौँ । मुगुमा बस दुर्घटना हुँदा २४ जनाकाे मृत्यु भएकाे छ । २३ जनाको घटनास्थलमै र एकजनाको उपचारका लागि लैजाने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी चित्रबहादुर भट्टराईले जानकारी दिए ।
‘कुल २४ जनाको ज्यान गएको छ । १८ जना घाइते भएका छन् । गम्भीर घाइतेलाई उपचारका लागि सुर्खेत हुँदै सुविधा सम्पन्न अस्पताल लैजानका लागि हेलिकप्टर आएको छ। अरुको यहाँकै अस्पतालमा उपचार भइरहेको छ’, डिएसपी भट्टराईले भने ।
प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरीका डिएसपीसहितको टोली अहिले घटनास्थलमा रहेको उनले जानकारी दिए ।
दुर्घटनास्थल सदरमुकामबाट साढे दुई घण्टाको पैदल दूरीमा रहे पनि मौसमका कारण सञ्चार सम्पर्क हुन सक्ने अवस्था नरहेकाे र उद्धार प्रयासमा यसले समस्या भएको डिएसपी भट्टराईले बताए ।
नेपालगञ्जबाट मुगुको गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस सडकबाट अन्दाजी साढे दुई सयमिटर तल खसेको हो ।
दुर्घटनास्थल जुम्ला–मुगु सडकखण्ड अन्तर्गत मुगुको राराछायानाथ–७ पिनातपने खोलामा सञ्चार सम्पर्क कमजोर रहेकाले विस्तृत विवरण आउन कठिन भएको प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि
- वीपी राजमार्गमा थप ३० दिन राति गाडी चलाउन नपाइने
- समयमा काम नगर्ने यी ११ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
प्रतिकृया दिनुहोस