नेपालगञ्जबाट मुगुको गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस दुर्घटना
- गाउँ सहर संवाददाता
- २६ असोज मंगलबार, २०७८ | १६:४३:०० मा प्रकाशित
काठमाडौँ । मुगुमा बस दुर्घटना हुँदा २४ जनाकाे मृत्यु भएकाे छ । २३ जनाको घटनास्थलमै र एकजनाको उपचारका लागि लैजाने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी चित्रबहादुर भट्टराईले जानकारी दिए ।
‘कुल २४ जनाको ज्यान गएको छ । १८ जना घाइते भएका छन् । गम्भीर घाइतेलाई उपचारका लागि सुर्खेत हुँदै सुविधा सम्पन्न अस्पताल लैजानका लागि हेलिकप्टर आएको छ। अरुको यहाँकै अस्पतालमा उपचार भइरहेको छ’, डिएसपी भट्टराईले भने ।
प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरीका डिएसपीसहितको टोली अहिले घटनास्थलमा रहेको उनले जानकारी दिए ।
दुर्घटनास्थल सदरमुकामबाट साढे दुई घण्टाको पैदल दूरीमा रहे पनि मौसमका कारण सञ्चार सम्पर्क हुन सक्ने अवस्था नरहेकाे र उद्धार प्रयासमा यसले समस्या भएको डिएसपी भट्टराईले बताए ।
नेपालगञ्जबाट मुगुको गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस सडकबाट अन्दाजी साढे दुई सयमिटर तल खसेको हो ।
दुर्घटनास्थल जुम्ला–मुगु सडकखण्ड अन्तर्गत मुगुको राराछायानाथ–७ पिनातपने खोलामा सञ्चार सम्पर्क कमजोर रहेकाले विस्तृत विवरण आउन कठिन भएको प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस