राप्रपाका संस्थापक नेता पद्मसुन्दर लावतीको पदचिन्हमा पार्टीलाई सबल र जनप्रिय बनाउने प्रण
- गाउँ सहर संवाददाता
- १५ असोज शुक्रबार, २०७८ | १४:५६:०० मा प्रकाशित

पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक नेता पद्मसुन्दर लावतीको पदचिन्हमा पार्टीलाई सबल र जनप्रिय बनाउने प्रण याङवरक गाउँ परिषद भेलाले लिएको छ ।
पाँचथरको विकास र अग्रगमनमा स्वर्गीय नेताको कालजयी योगदान छ । यो अकाट्य सत्यलाई शिरोधार्य गर्दै राप्रपालाई जनतामाझ स्थापित गर्नु पर्नेमा भेलाले जोड दियो ।
‘सम्वर्द्धनवादको आदर्श लिएर हिँड्ने राप्रपाले परम्परा र आधुनिकता, पुरानो मूल्य र नयाँ आकांक्षालाई एकसाथ अघि बढाउन सक्दछ । त्यसैले पनि कथित परिवर्तनको मार्गचित्र असफल भएको बेलामा राप्रपाको माग बढ्दो छ । राप्रपा प्रतिको आकर्षण बढ्दो छ,’ कार्य सम्पादन सदस्य तथा प्रदेश नं १ का उपाध्यक्ष सगुन सुन्दर लावतीले भेलालाई सम्बोधन गर्दै भने ।
केन्द्रीय सचिवालय सदस्य समेत रहेका नेता लावतीले संक्रमणको अवस्था पार गरेर पार्टीले छिट्टै फड्को मार्ने भन्दै कार्यकर्तालाई संयम रहन आग्रह गरे । सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरे, निश्चित रूपमा राप्रपा जनताको पार्टी बन्ने बताए ।
ढिलो, छिटोको कुरा हो, तर निकट भविष्यमै निर्वाचन निर्देशिका बमोजिम पाँचथरमा अधिवेशन सम्पन्न हुने कुरामा सह–अध्यक्ष राजकुमार जोशीले भेलालाई विश्वस्त तुल्याए ।
‘लामो परिश्रमबाट खडा भएको पार्टी, नेता र कार्यकर्ताको अथक प्रयासबाट एक भएको पार्टीमा पुनः दरार ल्याउने कार्य कसैबाट हुनु हुँदैन । यस्तो दुष्कर्म अकल्पनीय छ । कार्यकता र पार्टीको भविष्यमाथि खेलबाड गर्ने छुट कसैलाई पनि छैन,’ जोशीले भने ।
‘निर्वाचन समिति नै गठन नभएको अवस्थामा, अधिवेशन भयो भन्दै भ्रम छर्ने काम भएको छ । अधिवेशनको नाममा अवैध रूपमा कार्यकर्तालाई शपथ खुवाउने, निर्वाचित भएको प्रमाणपत्र बाँड्ने क्रम जारी छ । भर्खरै एक भएको पार्टीमा, एकता विपरीतको यस्तो कार्य गैरजिम्मेवारीको पराकाष्ठा हो । कार्यकर्तालाई यसरी झुक्याउनेलाई पार्टीले, कार्यकर्ताले दण्डित गर्नु पर्दछ,’ रमेश वेगाले भेलामा बोल्दै भने ।
पदम बहादुर योङयाको अध्यक्षतामा सम्पन्न याङवरक गाउँ परिषद भेलाले गम बहादुर सिगुको अध्यक्षतामा विधानतः गाउँ कार्य समिति निर्वाचित गर्यो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- हरियाली बाटाेमा शेयरबजार, लगानीकर्तामा थपियाे उत्साह
- साउने संक्रान्ति : लुतो फ्याँक्ने चलन, किन फालिन्छ लुतो नयाँ पुस्तालाई थाहै छैन्
- बिर्सनुभयाे कि -बीपी राजमार्गमा आजदेखि राति १२ घण्टा यातायात सञ्चालन नहुने
- आर्थिक वर्षकाे अन्तिम दिन नेप्से परिसूचक २८ सय नजिक, काराेबार रकममा वृद्धि
- बैंकहरूले साउन महिनाका लागि घटाए ब्याज दर, बैंकमा पैसा थुप्रियाे
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
प्रतिकृया दिनुहोस