राप्रपाको चुनावी संकल्पपत्र : शासकीय स्वरुपदेखि तीब्र आर्थिक वृद्धि दरसम्म (पूर्णपाठ)
- गाउँ सहर संवाददाता
- २ फाल्गुण शनिबार, २०८२ | १५:४०:०० मा प्रकाशित
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशमा सुशासन स्थापना गर्ने दृढ प्रतिबद्धतासहित विभिन्न संरचनात्मक तथा कानुनी सुधारका कार्यक्रमसहितको चुनावी संकल्पपत्र (घोषणापत्र) सार्वजनिक गरेको छ ।
राप्रपाले शासकीय स्वरूपअन्तर्गत अभिभावकीय संस्थाका रुपमा राजसंस्थालाई अघि सारेको छ । वर्तमान खर्चिलो र अस्थिर निर्वाचन प्रणालीमा व्यापक परिवर्तन र सुधारको मागसहित प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीय तह भएको दुई तहको शासकीय संरचनाको कल्पना राप्रपाले गरेको छ ।
सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रलाई शासकीय स्वरुपमा मानेको राप्रपाले गैरदलीय स्थानीय तहको समेत परिकल्पना गरेको छ ।
'बरु नष्ट हुन्छौं, भ्रष्ट हुँदैनौं' भन्ने नारासहित राप्रपाले उच्चस्तरीय नागरिक आयोग गठन गरी २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीहरुको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने कानुनी व्यवस्था मिलाउने संकल्प-पत्रमा प्रतिबद्धता जनाएको छ । भ्रष्टाचारसम्बन्धी सूचना दिनेलाई संरक्षण तथा प्रोत्साहन गर्न सूचक संरक्षण ऐन बनाई लागू गर्ने पनि संकल्प-पत्रमा उल्लेख छ ।
राजनीतिक हस्तक्षेपमुक्त संवैधानिक नियुक्तिको व्यवस्था, न्यायपालिकामा देखिएको विकृति र विसंगति अन्त्य गर्न गुमेको विश्वसनीयता पुनर्स्थापित गर्न र पूर्ण न्यायिक बनाउन न्यायपालिकामा पुनर्संरचना/पुनर्नियुक्तिको व्यवस्थासमेत उल्लेख छ ।
पाँच वर्षभित्र आर्थिक वृद्धि दर ७ प्रतिशतभन्दा माथि पुर्याउने, प्रत्यक्ष वैदेशिक लगानीकर्तालाई लगानीमैत्री वातावरणमा विश्वस्त तुल्याउन लगानी मैत्री कानुन निर्माण गर्ने, सार्वजनिक खर्च प्रणालीलाई सूचना प्रविधिमा आधारित बनाई थप मितव्ययी र पारदर्शी बनाइने राप्रापाको संकल्प छ ।
यस्तै, आधारभूत स्वास्थ्य उपचार सेवा सबै नागरिकलाई निःशुल्क तथा अनिवार्य गरिने, आम नागरिकले आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने र अस्पतालको मुख देखै नपाएर मर्नुपर्ने अवस्थाको अन्त्य गरिने संकल्प-पत्रमा उल्लेख छ ।
राप्रपाले 'नेपाल बन्द सधैंका लागि बन्द' उद्घोष पनि गरेको छ । नेपाल बन्दको संस्कृतिले देशको आर्थिक विकासका साथै सामाजिक जनजीवनमा अत्यन्तै नकारात्मक प्रभाव पारेको तथ्यलाई दृष्टिगत गर्दै राप्रपाले नेपाल बन्द जस्तो कार्यक्रम कहिल्यै नगर्ने प्रतिवद्धता व्यक्त गरेको हो र।
स्वास्थ्य, हवाई, खानेपानी, विद्युत, ग्यास तथा पेट्रोलियम पदार्थ ढुवानी तथा वितरण लगायत विभिन्न औद्योगिक क्षेत्रमा हड्ताल गर्न पूर्णरुपमा प्रतिबन्ध लगाइने राप्रपाको संकल्प पत्रमा उल्लेख छ ।
पूर्णपाठ
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
प्रतिकृया दिनुहोस