यस्ताे छ सारिएकाे काँग्रेसको गाउँ–नगरपालिका अधिवेशन, प्रदेश सभा क्षेत्रीय अधिवेशनको मिति
- गाउँ सहर संवाददाता
- २६ भदौ शनिबार, २०७८ | ०७:१३:०० मा प्रकाशित
काठमाडौँ । नेपाली काँग्रेसको गाउँ–नगरपालिका अधिवेशन, प्रदेश सभा क्षेत्रीय अधिवेशनको मिति पुनः सरेको छ ।
शुक्रबार ललितपुरस्थित बिपी स्मृति भवनमा बसेको काँग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठकले भदौ २७ गतेदेखि सुरु हुने भनिएको गाउँ–नगरपालिकास्तरीय अधिवेशन असोज ९ गते सार्ने निर्णय गरेको समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिए ।
यस्तै, अधिवेशन गर्न बाँकी रहेका २० जिल्लाको हकमा गाउँ–नगर वडा अधिवेशन असोज ५ गतेसम्मको लागि सारिएको छ । काँग्रेसको पूर्वनिर्धारित कार्यतालिका अनुरुप भदौ २७ गतेदेखि नै गाउँ–नगरपालिकाको अधिवेशन सुरु हुने कार्यक्रम तय गरिएको थियो ।

यसैगरी, काँग्रेसको चौधौं केन्द्रीय महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका अनुरुप असोज १ गते गर्ने भनिएको प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज १२ गते सर्ने भएको छ । असोज ५ गते हुने भनिएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १५ गते र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गतेबाट असोज १८ गतेलाई सारिएको छ ।
तथापि, कात्तिक १०, ११ र १२ गते गर्ने भनिएको प्रदेश अधिवेशन र मंसिर ९ देखि १३ गतेसम्म सम्पन्न गर्ने भनिएको केन्द्रीय महाधिवेशनको मिति भने संशोधन नभएको यादवले बताए ।
यता नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवले २०७८/०५/२३ मा पार्टीका सभापति शेरबहादुर देउवा समक्ष दिएकाे राजीनामा अस्वीकृत भएकाे मुख्य सचिव कृष्णप्रसाद पाैडेलले जानकारी गराएका छन् ।
कोभिड—१९ संक्रमणको कठिन परिस्थितिका बीच पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै पार्टीको १४ औं महाधिवेशनका लागि धेरै स्थानको अधिवेशन सम्पन्न गर्न उनले महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा सह्राना गर्दै अधिवेशनका बाँकी कामहरु सम्पन्न गर्न उनलाई अनुरोध गरिएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
प्रतिकृया दिनुहोस