यस्ताे छ सारिएकाे काँग्रेसको गाउँ–नगरपालिका अधिवेशन, प्रदेश सभा क्षेत्रीय अधिवेशनको मिति
- गाउँ सहर संवाददाता
- २६ भदौ शनिबार, २०७८ | ०७:१३:०० मा प्रकाशित

काठमाडौँ । नेपाली काँग्रेसको गाउँ–नगरपालिका अधिवेशन, प्रदेश सभा क्षेत्रीय अधिवेशनको मिति पुनः सरेको छ ।
शुक्रबार ललितपुरस्थित बिपी स्मृति भवनमा बसेको काँग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठकले भदौ २७ गतेदेखि सुरु हुने भनिएको गाउँ–नगरपालिकास्तरीय अधिवेशन असोज ९ गते सार्ने निर्णय गरेको समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिए ।
यस्तै, अधिवेशन गर्न बाँकी रहेका २० जिल्लाको हकमा गाउँ–नगर वडा अधिवेशन असोज ५ गतेसम्मको लागि सारिएको छ । काँग्रेसको पूर्वनिर्धारित कार्यतालिका अनुरुप भदौ २७ गतेदेखि नै गाउँ–नगरपालिकाको अधिवेशन सुरु हुने कार्यक्रम तय गरिएको थियो ।
यसैगरी, काँग्रेसको चौधौं केन्द्रीय महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका अनुरुप असोज १ गते गर्ने भनिएको प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज १२ गते सर्ने भएको छ । असोज ५ गते हुने भनिएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १५ गते र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गतेबाट असोज १८ गतेलाई सारिएको छ ।
तथापि, कात्तिक १०, ११ र १२ गते गर्ने भनिएको प्रदेश अधिवेशन र मंसिर ९ देखि १३ गतेसम्म सम्पन्न गर्ने भनिएको केन्द्रीय महाधिवेशनको मिति भने संशोधन नभएको यादवले बताए ।
यता नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवले २०७८/०५/२३ मा पार्टीका सभापति शेरबहादुर देउवा समक्ष दिएकाे राजीनामा अस्वीकृत भएकाे मुख्य सचिव कृष्णप्रसाद पाैडेलले जानकारी गराएका छन् ।
कोभिड—१९ संक्रमणको कठिन परिस्थितिका बीच पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै पार्टीको १४ औं महाधिवेशनका लागि धेरै स्थानको अधिवेशन सम्पन्न गर्न उनले महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा सह्राना गर्दै अधिवेशनका बाँकी कामहरु सम्पन्न गर्न उनलाई अनुरोध गरिएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस