रास्वपा रामेछापको जिल्ला अधिवेशनबाट रायमाझी सभापतिमा निर्वाचित
- गाउँ सहर संवाददाता
- २४ जेठ आइतबार, २०८३ | ०६:४१:०० मा प्रकाशित
रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रामेछापको जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट रमेश कुमार रायमाझी जिल्ला सभापतिमा निर्वाचित भएका छन्।
नवनिर्वाचित कार्यसमितिमा मोहन कार्की उपसभापति, दिलबहादुर थापा (दिनेश) सचिव, टेकबहादुर सुनुवार सहसचिव तथा समीक्षा श्रेष्ठ कोषाध्यक्षमा निर्वाचित भएका छन्।
त्यसैगरी जिल्ला कार्यसमिति सदस्यहरूमा अर्जुन श्रेष्ठ, लक्ष्मण बस्नेत, कमल कार्की, ईश्वरी लामिछाने, केशव रोक्का र चन्द्रा खड्का निर्वाचित भएका छन्।
अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै संगठनलाई जिल्लाभर थप सुदृढ र प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ। नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पार्टीका नेता–कार्यकर्ता र शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।
नवनिर्वाचित नेतृत्वले पार्टीको संगठन विस्तार, जनसरोकारका विषयमा सक्रिय भूमिका निर्वाह तथा जिल्लाका नागरिकका आवाजलाई प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ।
रास्वपा रामेछापको नयाँ नेतृत्व चयनसँगै जिल्लामा पार्टी संगठनलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सन्दीपको उत्कृष्ट प्रदर्शनमा विराटनगरसँग हार्दै पोखरा एनपीएलकाे प्लेफअफ दाैडबाट बाहिरियो
- भीमफेदी दुर्घटनामा १० जनाको मृत्यु भएको घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त
- काठमाडौँका १७ स्थानमा छठ पूजाको तयारी तीव्र
- मकवानपुरमा इभी गाडी दुर्घटना: दशको मृत्यु, पाँच जना घाइते
- चर्को आवाजविरुद्ध कडा कदम, अनावश्यक ध्वनि आतंकबाट मुक्ति कहिले?
- भाइटीकाको दिन वर्षा गराउने प्रणाली कमजोर हुँदै, बिहीबारदेखि मौसममा सुधार हुने
- फाल्गुनन्दको मार्गदर्शनले समाजलाई एकताबद्ध बनाएको राष्ट्रपति पौडेलको भनाइ
- प्रधानमन्त्री शाहको भाइटीकाको शुभकामना : प्रेम, सद्भाव र एकता बलियो बनाउने पर्व
- आज भाइटीकाको दिन काठमाडौं र भक्तपुरमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा
- भाइटीका आज, उत्तम साइत बिहान ११ः०७ बजे, बालगोपालेश्वर मन्दिर खुला
प्रतिकृया दिनुहोस