राजनीति
राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान, पहिलाे बैठक चैत १९ मा
- गाउँ सहर संवाददाता
- १६ चैत सोमबार, २०८२ | १९:१४:०० मा प्रकाशित
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद् बैठकले चैत १९ मा संसद अधिवेशन आह्वान सिफारिस गरेसँगै राष्ट्रपति पौडेलले चैत १९ दिउँसो २ बजेका लागि अधिवेशन आह्वान गरेका हुन् ।
संविधानमा सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वानको व्यवस्था छ ।
राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ,''नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा २०८२ साल चैत १९ बिहीबारका दिन २ बजे संघीय संसद भवन सिंहदरबारमा संघीय संसदको दुवै अधिवेशन आह्वान गर्नुभएको छ ।''
फागुन २१ को चुनावबाट निर्वाचित प्रतिनिधिसभाको यो पहिलो अधिवेशन हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
प्रतिकृया दिनुहोस