नेपाली कांग्रेस संस्थापन इतर पक्षले ताेक्याे राष्ट्रिय भेलाकाे मिति
- गाउँ सहर संवाददाता
- ६ श्रावण बुधबार, २०८३ | १९:५८:०० मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षले राष्ट्रिय भेला घोषणा गरेको छ ।
बीपी कोइरालाको ४४ औं स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता प्रकाशमान सिंहले राष्ट्रिय भेलाको घोषणा गरेका हुन् ।
उनका अनुसार, साउन २९ गते काठमाडौंमा गर्नेगरी राष्ट्रिय भेला तय गरिएको हो ।
‘हामीले सातै प्रदेशमा भेला गरिसकेका छौं,’ उनले भने, ‘यो भेलापछि हामी आफ्नो बाटो लिन्छौं ।’
सम्बोधनको क्रममा नेता सिंहले १५ औं महाधिवेशन एकताको बनाउनुपर्ने पक्षमा आफूहरू रहेको बताए ।
विशेष महाधिवेशनको नाममा गगन थापाले पार्टी कब्जा गरेको आरोप लगाए।
साउनभित्रमा सहमतिका लागि सभापति गगन थापाले प्रयास नगरे अर्को पार्टी घोषणा गर्ने इतर पक्षको तयारी छ। पार्टी नेतृत्वले सहमतिको लागि कुनै प्रयास नगरेको आरोप नेताहरूले लगाएका छन्।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
प्रतिकृया दिनुहोस