संक्रामक तथा सरुवा रोग अस्पतालको आवश्यकता पुरा गर्न सहयोग गछौंः अर्थमन्त्री बराल
- गाउँ सहर संवाददाता
- २५ भदौ शुक्रबार, २०७८ | २१:२५:०० मा प्रकाशित
पोखरा । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले प्रदेशको एक मात्र सामुुदायिक अस्पताल संक्रामक तथा सरुवा रोग अस्पतालको आवश्यकता पुरा गर्न सहयोग गर्ने बताएका छन् ।
पोखरा–३० मोहोरियामा रहेको उक्त अस्पतालाको शुक्रबार अनुगमन तथा निरिक्षण गर्दै मन्त्री बरालले प्रदेशको अस्पताललाई साधन सम्पन्न बनाउन सहयोग गर्ने बताएका हुन् ।
आवश्यकताको आधारमा अस्पतालको भौतिक पूर्वाधार सहितको स्वास्थ्य सामग्री उपलब्ध गराउन प्रदेश सरकारले पहिलो प्रथामिकता राखेर सहयोेग गर्नै पर्ने मन्त्री बरालको भनाई थियो । प्रदेशका जनतालाई स्वस्थ्य राख्न र सरुवा रोगहरुबाट बच्न र बचाउनको लागि पनि पूर्व तयारी गरेर बस्नको लागि अस्पतालको स्तरउन्नती गर्नैै पर्नेमा मन्त्री बरालको जोड थियो । प्रदेशको एउटा मात्र सामुदायिक अस्पताल भएकोले पैसाको अभावले अस्पतालको कुनै पनि सेवा प्रभावित पार्न नहुने उनको भनाई थियो ।
अस्पतालका निर्देशक डा.विकास गौचनले अस्पतालको बारेमा मन्त्री समक्ष जानकारी गराएका थिए । अस्पतालमा नयाँ भवन सहितको अब क्यान्टिन, पार्किङ लगायतका भौतिक संरचना निमार्णको क्रममा रहेको बताएका डा. गौचनले ५० वेडको कोभिड उपचार केन्द्रमा हाल २७ जना बिरामीहरुको निःशुल्क उपचार भई रहेको जनाए । प्रदेश सरकारको स्वामित्वमा आएको १३ महिनामा उक्त अस्पतालबाट करिब ८ सय ५० जना कोरोनाका बिरामीको उपचार भएको उनले जनाए । विभिन्न अनुदानबाट अस्पतालमा गत आर्थिक वर्ष ११ करोड ४१ लाख रुपैयाँ प्राप्त भई प्रति कोभिड बिरामी एक लाख ३९ हजार बराबरको खर्च व्यवस्थापन भएको निर्देशक डा. गौचनको भनाई थियो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा. कृष्ण प्रसाद पौडेलले मुठ्ठीदानबाट स्थापना भएको अस्पताललाई हाल प्रदेश सरकारले स्वामित्वमा लिएपछि अब कोभिड संगै न्यूनतम २५÷३० वेडको जनरल(ओपीडी) सेवा समेत संचालन गर्नुपर्ने बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
प्रतिकृया दिनुहोस