कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
- गाउँ सहर संवाददाता
- १३ असोज सोमबार, २०८२ | ०६:५१:०० मा प्रकाशित

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको समेत प्रभाव रहेको छ ।
महाशाखाले सोमबार बिहान जारी गरेको आगामी २४ घण्टाको मौसमसम्बन्धी बुलेटिनका अनुसार आज दिउँसो सबै प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने बताएकाे हाे ।
उसका अनुसार- कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै तराई भू-भागका एक-दुई स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यसैगरी कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । राति गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ ।
गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा, कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
अहिले बिहान पनि राजधानीसहित देशका विभिन्न स्थानमा वर्षा भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नियन्त्रणमा आयो भीमसेनस्थानमा लागेको आगो
- आज फूलपाती : प्रचलन र महत्वबारे कस्ता कथन छन् ?
- प्रत्येक नेपालीकाे टाउकाेमा ९४ हजार ६५ रुपैयाँ ऋणकाे भारी
- कोशी र बागमती प्रदेशमा भारी वर्षा हुने
- बडा दशैँको छैटौँ दिन, आज कात्यायनीदेवीको पूजा गरिँदै
- एसईई पूरक परीक्षा : ८३ हजार विद्यार्थी उत्तीर्ण
- दशैँ हिले हुने निश्चित : फूलपातीदेखि लगातार पानी पर्ने
- ग्लोबल आईएमई बैंकको ‘गोल बेस्ड सेभिङ्ग’ योजना
- आज सेप्टेम्बर २७ अर्थात् ४६औँ विश्व पर्यटन दिवस मनाइँदै
- बडा दशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजाआजा गरेर मनाइँदै
प्रतिकृया दिनुहोस