राजनीति
गण्डकी प्रदेशसभाको रिक्त पदमा सुनिता थापालाई पठाउने कांग्रेसको निर्णय
- गाउँ सहर संवाददाता
- २४ मङ्सिर सोमबार, २०८१ | १४:०३:०० मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेसले रिक्त रहेको गण्डकी प्रदेशसभा सांसद पदमा सुनिता थापालाई पठाउने निर्णय गरेको छ। सोमबार बिहान बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले समानुपातिक तर्फ रिक्त स्थानमा स्याङ्जाकी थापालाई सिफारिस गर्ने निर्णय भएको प्रवक्ता डा.प्रकाश शरण महतले जानकारी दिए।
कांग्रेसबाट समानुपातिक सांसद विमला गौचनको निधन भएपछि उक्त स्थान रिक्त थियो। यसैगरी बैठकले कोषाध्यक्षमा उमेश श्रेष्ठलाई मनोनित गर्ने निर्णय अनुमोदन गरेको छ।
बैठकले भ्रातृ संगठनहरुको अधिवेशन चैतभित्र गर्न पार्टीले निर्देशन दिएको र तरुण दल र किसान संघले अधिवेशनको काम अघि बढाइसकेको अवस्थामा अधिवेशन सम्पन्न गर्नका लागि विधानमा व्यवस्था भएका केही विषय परिमार्जनसहित पारित गरेको उनले बताए।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
प्रतिकृया दिनुहोस