गाउँ सहर
गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधन
- गाउँ सहर संवाददाता
- २९ कार्तिक बिहीबार, २०८१ | ०८:०८:०० मा प्रकाशित
काठमाडाैं । गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमा निधन भएको छ।
काठमाडौँको ग्रान्डी अस्पतालमा डेङ्गीको उपचारका क्रममा बुधबार राति उनको निधन भएको नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाँले बताए।
उनी नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभामा चुनिएकी थिइन्।
उनको शव अस्पतालमै राखिएको तथा उनका छोरा अमेरिकाबाट आएपछि अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- साताकाे अन्तिम दिन शेयर बजार उकालाे
- पशुपति गौशाला धर्मशालाको जग्गाजमिनमा मारवाडी सेवा समितिको मोहियानी हक नलाग्ने फैसला
- नेपाल लाइफले २० करोड ५४ लाख रुपैयाँ खुद नाफा कमायाे
- द ब्रिटिस कलेजमा करियर फेस्ट २०२४ हुँदै, स्थानीय प्रतिभालाई अवसरसँग जोड्ने प्रयास
- उद्योगीलाई बिजुलीकाे महसुल तिर्न विद्युत प्राधिकरणकाे १५ दिने सूचना, नत्र लाइन काटिने
- धितोपत्र दलालको सङ्ख्या ९० पुग्यो
- कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा हुने
- आइसिसी यु –१९ महिला टी–२० मा नेपाल विजयी बन्दै विश्वकपका लागि छनोट
- शेयर : नेप्सेमा दोहोरो अंककाे गिरावट
- देउती बज्यै मन्दिरका पुजारी मृत फेला
प्रतिकृया दिनुहोस