राजनीति

पूर्वप्रधानमन्त्री ओली अस्वस्थ, के भएकाे हाे ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् ।

ओली निकट स्रोतका अनुसार उनलाई रुघा खोकीसहित ज्वरो आएको छ ।

अस्वस्थ भएपछि ओली अहिले बालकोटस्थित निवासमा आराम गरिरहेका छन् ।

धपेडीका कारण अस्वस्थ भएको हुनसक्ने भन्दै अत्यावश्यक बाहेकका सबै कार्यक्रम स्थगित गरिएको छ ।

गाउँ सहर संवाददाता