रामेछापमा कांग्रेस, एमाले, नेकपा र रास्वपासहित दल मैदानमा
- गाउँ सहर संवाददाता
- ६ माघ मंगलबार, २०८२ | ०८:२२:०० मा प्रकाशित
रामेछाप । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको रामेछाप जिल्लामा अधिकांश राजनीतिक दलहरूले आफ्ना उम्मेदवार टुंग्याएका छन्।
उम्मेदवारी दर्ताको अघिल्लो रात अर्थात् सोमबार रातिसम्म पुराना तथा नयाँ दलहरूले आ–आफ्नो पार्टीबाट उम्मेदवारको टुंगो लगाएका हुन्।
नेपाली कांग्रेसले रामचन्द्र खड्कालाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेले माधवप्रसाद ढुंगेललाई मैदानमा उतारेको छ। त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीबाट श्यामकुमार श्रेष्ठ (कुशल) उम्मेदवार बनेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. कृष्णहरि बुढाथोकीलाई उम्मेदवार बनाएको छ।
भर्खरै दर्ता भएको उज्यालो नेपाल पार्टीको तर्फबाट दिपबहादुर योञ्जन उम्मेदवार रहेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गोरेबहादुर तामाङलाई उम्मेदवार बनाएको छ। त्यस्तै श्रम संस्कृति पार्टीबाट डिबी थापा मगर उम्मेदवार भइसकेका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस