रामेछापमा कांग्रेस, एमाले, नेकपा र रास्वपासहित दल मैदानमा
- गाउँ सहर संवाददाता
- ६ माघ मंगलबार, २०८२ | ०८:२२:०० मा प्रकाशित
रामेछाप । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको रामेछाप जिल्लामा अधिकांश राजनीतिक दलहरूले आफ्ना उम्मेदवार टुंग्याएका छन्।
उम्मेदवारी दर्ताको अघिल्लो रात अर्थात् सोमबार रातिसम्म पुराना तथा नयाँ दलहरूले आ–आफ्नो पार्टीबाट उम्मेदवारको टुंगो लगाएका हुन्।
नेपाली कांग्रेसले रामचन्द्र खड्कालाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेले माधवप्रसाद ढुंगेललाई मैदानमा उतारेको छ। त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीबाट श्यामकुमार श्रेष्ठ (कुशल) उम्मेदवार बनेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. कृष्णहरि बुढाथोकीलाई उम्मेदवार बनाएको छ।
भर्खरै दर्ता भएको उज्यालो नेपाल पार्टीको तर्फबाट दिपबहादुर योञ्जन उम्मेदवार रहेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गोरेबहादुर तामाङलाई उम्मेदवार बनाएको छ। त्यस्तै श्रम संस्कृति पार्टीबाट डिबी थापा मगर उम्मेदवार भइसकेका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
- गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बित
प्रतिकृया दिनुहोस