स्वास्थ्य

विश्वभर काेराेना : हालसम्म २२ करोड ५ लाख संक्रमित, साढे ४५ लाखकाे मृत्यु, एक लाखभन्दा बढि सिकिस्त

काठमाडौं । पछिल्लाे समय विश्वभर काेराेनाका संक्रमित निकाे हुनेभन्दा थपिने संख्या बढेकाे छ । पछिल्लाे २४ घण्टामा ६ लाख ६२ हजार थपिएका छन् भने ९ हजार ८२६ काे मृत्यु भएकाे छ । त्यसैगरि ५ लाख ५२५ हजार जना निकाे भएका छन् ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १९ करोड ७० लाख ८८ हजार जनाभन्दा बढि छन् । विश्वभर हाल १ कराेड ८९ लाख ४० हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने २२ करोड ५ लाख ९४ हजार नाघेको छ भने मृतकको संख्या ४५ लाख ६६ हजार २२३ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख ५ हजार ९३२ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढि संक्रमित र मृत्यु भएको छ । अमेरिकामा ४ कराेड ७ लाख ३ हजार भन्दा बढि संक्रमितमध्ये त्यहाँ अहिलेसम्म ६ लाख ६४ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २५ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म ३ कराेड १२ लाख ६५ हजार भन्दा बढि जना निको भइसकेका छन् भने पछिल्लाे २४ घण्टामा १ लाख ८२ हजार थपिएसँगै कुल ८७ लाखमा भाइरस सक्रिय छ । 

 

दाेस्राे नम्बरमा रहेकाे भारतमा थप ३४० जनाकाे मृत्युसँगै कुल संख्या ४ लाख ४० हजार २५६ जनाकाे ज्यान गइसकेकाे छ । पछिल्लाे २४ घण्टामा ४२ हजार ३४६ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा संक्रमित संख्या हालसम्म ३ कराेड २९ लाख ४४ हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ ।त्यसैगरि हालसम्म ३ कराेड २० लाख ९२ हजार जना निको भएका छन् । सक्रिय केस ४ लाख १२ हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा पछिल्लाे २४ घण्टामा २५ हजार संक्रमित भएका छन् भने ७४९ जनाकाे मृत्युसँगै कुल मृत्यु हुनेकाे संख्या ५ लाख ८२ हजारभन्दा बढी छन् । हाल ४ लाख ५३ हजार जनामा काेराेना भाइरस सक्रिय छ । हालसम्म २ कराेड ८ लाख ५६ हजार जना संक्रमितमध्ये १ कराेड ९८ लाख २० हजार निकाे भइसकेका छन् । विश्वभर सबैभन्दा धेरै संक्रमित हुने देशमा ब्राजिल तेस्राे नम्बरमा छ ।

नेपालमा भाइरस संक्रमित ७ लाख ६७ हजार २७१ जना पुगेका छन् भने ७ लाख २३ हजार ४५६ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १० हजार ८०९ पुगेको छ भने ३३ हजार ६ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत