स्वास्थ्य

काेराेनाविरूद्ध थप एक करोड खोप ल्याउन पहल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना भाइरसविरुद्धको लडाइँ सरकारको प्राथमिकतामा रहेकाले थप एक करोड खोप ल्याउन पहल भइरहेको बताएका छन् । त्यसमा ४० लाख मोडर्ना र ६० लाख फाइजर खोप ल्याइने उनले बताए ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६२औँ वार्षिक कार्यक्रममा सोमबार सम्बोधन गर्दै उनले प्रसूतिसम्बन्धी एकमात्र सरकारी अस्पताल भएकाले यो अस्पतालको सेवा अझै विस्तार गर्दै लैजानुपर्ने बताए ।

गाउँ सहर संवाददाता