हिसाबकिताब खोजौँ, यी सातै प्रदेशहरूका यी कार्यक्रमहरूको अवस्था के छ
- गाउँ सहर संवाददाता
- २६ श्रावण मंगलबार, २०७८ | १९:२९:०० मा प्रकाशित
काठमाडाैँ । प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ मा विभिन्न कार्यक्रमहरू सञ्चालनमा ल्याएका थिए । प्रदेश सरकारले सञ्चालनमा ल्याएका महत्वपूर्ण कार्यक्रमहरू देहाय बमोजिम रहेका छन् ।
प्रदेश नं. १
नवप्रवर्तन कृषि कार्यक्रम, पशु स्वास्थ्य कार्यक्रम, कृषक पाठशाला कार्यक्रम, सघन बाली विकास कार्यक्रम, सबै किसानका साथमा प्रदेश सरकार कार्यक्रम, एक स्थानीय तह एक फलफूल नर्सरी कार्यक्रम, विपन्न समुदायको लागि जनता आवास कार्यक्रम, विपन्न जनता लक्षित सौर्य उर्जा उज्यालो कार्यक्रम, एक जिल्ला एक उत्पादन कार्यक्रम, तराई–मधेस हरियाली बन विकास कार्यक्रम, सिमसार र जलाधार क्षेत्रको संरक्षणको लागि बेसिनमा आधारित एकीकृत जलाधार संरक्षण कार्यक्रम, प्रदेश प्रमुख जेष्ठ नागरिक दन्त उपचार कार्यक्रम, समृद्ध प्रदेशका लागि आत्मनिर्भर छोरी कार्यक्रम, मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र कार्यक्रम, जनतासँग मुख्यमन्त्री, डिजिटल प्रदेश निर्माण कार्यक्रम घोषणा गरिएको छ ।
प्रदेश नं. २
प्रदेश आयोजना बैंक तयार गर्ने, मुख्यमन्त्री रोजगार कार्यक्रम, प्रदेश प्रमुख रोजगार कार्यक्रम, नवप्रवर्तत कृषि रोजगार तथा व्यवसाय प्रवद्र्धन कार्यक्रम, राष्ट्रिय तेलहन बाली, नवलपुर तथा राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र, कृषि, पशुपन्छी तथा मत्स्य विकास कार्यक्रम, व्यवसायिक कृषि उत्पादन कार्यक्रम, आपतकालीन बाढी पहिरो पुनस्र्थापना कार्यक्रम, गढीमाई र सिम्रौनगढ पर्यटकीय विकास कार्यक्रम, वेटी पढाउ वेटी बचाउ कार्यक्रम घोषणा गरिएको छ ।
बागमती प्रदेश
मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम, एक विद्यालय एक नर्स कार्यक्रम, प्रदेश सरकार–शिक्षालय सहकार्य कार्यक्रम, युवा वैज्ञानिक प्रोत्साहन कोष, पूर्वाधार आत्मनिर्भर रोजगार कार्यक्रम, धान, मकै, गहुँ, कोदो, फापर, आलुमा न्यूनतम बचत ग्यारेन्टी सहितको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने कार्यक्रम, दुग्ध विकास कार्यक्रममार्फत गरिबी निवारण परियोजना, उद्यमीको हात प्रदेश सरकारको साथ कार्यक्रम, एक स्थानीय तह एक उद्योग ग्राम कार्यक्रम, पर्यटन पूर्वाधार विकास कार्यक्रम, मुख्यमन्त्री सडक कार्यक्रम, खरको छानामुक्त बागमती प्रदेश कार्यक्रम, एक घर एक धारा कार्यक्रम, खानेपानी गुणस्तर सुधार कार्यक्रम, तालतलैया, पोखरी तथा ढुङ्गेधारा संरक्षण कार्यक्रम, बागमती प्रदेश पूर्ण उज्यालो कार्यक्रम, प्रदेश पूर्वाधार विकास कार्यक्रम घोषणा गरिएको छ ।
गण्डकी प्रदेश
मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषि गाउँ कार्यक्रम, भगत सर्वजीत सीप विकास कार्यक्रम, व्यवसायिक सीपमूलक र रोजगारमूलक तालिम कार्यक्रम, उच्च घनत्वमा आधारित स्याउ खेती विकास कार्यक्रम, बाली तथा पशुपन्छी बिमा कार्यक्रम, सहुलियत ब्याजदरमा कृषि ऋण उपलब्ध गराउने कार्यक्रम, मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषि गाउँ कार्यक्रम, एक सहकारी–एक उत्पादन कार्यक्रम, एक स्थानीय तह–एक उद्योग ग्राम स्थापना कार्यक्रम, दिगो वन व्यवस्थापन कार्यक्रम, जनता आवास कार्यक्रम, आधारभूत खानेपानी कार्यक्रम तथा एक घर–एक धारा खानेपानी कार्यक्रम घोषणा गरिएको छ ।
लुम्बिनी प्रदेश
समृद्धिको अभियान: छोरीहरुको पहुँचमा विज्ञान कार्यक्रम, हात हातमा कृषि सामग्री: गाउँ गाउँमा रोजगारी अभियान, स्मार्ट कृषि गाउँ कार्यक्रम, सबै कृषकका लागि सुलभ कर्जा आभियान, खैरेत रोग उन्मूलन अभियान, एक वडा एक हरित स्वयंसेवक कार्यक्रम, एक स्थानीय तह, एक उत्पादन कार्यक्रम, नेपाली किनौं, नेपाल बनाऔं अभियान, भगत सर्वजित सीप विकास प्रर्वद्धन कार्यक्रम, घर–घरमा जडिबुटी कार्यक्रम, एक घर एक धारा कार्यक्रम, प्रत्येक पालिकामा खेल मैदान निर्माण कार्यक्रम घोषणा गरिएको छ ।
कर्णाली प्रदेश
समृद्ध कर्णाली सुखी कर्णालीबासीको दीर्घकालीन सोच सहित एक स्थानीय तह एक अन्न भकारी कार्यक्रम, आफ्नो गाउँः आत्मनिर्भर बनाउँ, मुख्यमन्त्री रोजगार कार्यक्रम, खाद्यान्नको लागि श्रम सहितको रोजगारी कार्यक्रम, रोजगारमूलक पूर्वाधार विशेष कार्यक्रम, मुख्यमन्त्री सामाजिक सुरक्षा र जीविकोपार्जन कार्यक्रम, एक स्थानीय तह एक उत्पादन विशेष कार्यक्रम, मेरो किसान मेरो अन्नदाता कार्यक्रम, एक वडा एक पोखरी कार्यक्रम, एक सहकारी एक उत्पादन कार्यक्रम, बैक खाता छोरीको सुरक्षा जीवन भरीको , दलित महिला आय आर्जन कार्यक्रम, कर्णाली उज्यालो कार्यक्रम, एकीकृत बस्ती विकास तथा सामाजिक रुपान्तरण कार्यक्रम, जनतासँग कर्णाली सरकार कार्यक्रम घोषणा गरिएको छ ।
सुदूरपश्चिम प्रदेश
एक स्थानीय तह, एक औद्योगिक ग्राम कार्यक्रम, हरेक निर्वाचन क्षेत्र २ नवीन उद्योग, प्रत्येक स्थानीय तहमा लघु तथा घरेलु उद्योग स्थापना कार्यक्रम, युवा उद्यम कार्यक्रम, मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम, मुख्यमन्त्री एकीकृत वस्ती विकास कार्यक्रम, एक स्थानीय तह, एक कृषि उपज उत्पादन कार्यक्रम, प्रदेशका गाउँ उज्यालो बनाउँ कार्यक्रम घोषणा गरिएको छ ।
यी सबै कार्यक्रमहरू कुन गतिमा छन्, त्यसकाे हिसाबकिताब खाेज्ने र खबरदारी सबैकाे दायित्व हाे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस