२५ करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै
- गाउँ सहर संवाददाता
- १६ श्रावण शनिबार, २०८३ | १४:३४:०० मा प्रकाशित
काठमाडौँ । उद्योग विभागले स्थिर पुँजी रु २५ करोडभन्दा कम भएका उद्योगको विभिन्न सिफारिसका काम प्रदेश सरकार र सो मातहतका निकायबाटै हुने स्पष्ट पारेको छ ।
उद्योग विभागले सार्वजनिक सूचना जारी गरेर प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने स्थिर पुँजी रु २५ करोडभन्दा कम पुँजी भएका उद्योगको हकमा उद्योगको लागि आवश्यक पर्ने मेसिनरी, औजार, कच्चा पदार्थसम्बन्धी कार्य प्रदेश सरकार र सो मातहतका निकायबाट हुने उद्योग विभागले जनाएको छ ।
त्यसैगरी रसायन आयात तथा वण्डेड वेयरहाउस एवं कच्चा पदार्थ खपतको नम्र्स निर्धारणलगायतका अन्य छुट, सुविधा, सहुलियतका सिफारिसहरू सम्बन्धित प्रदेश सरकार र सोअन्तर्गतका निकायहरूबाटै हुने पनि स्पष्ट पारेको छ ।
विभागले उद्योग दर्ता र सोसँग सम्बन्धित अन्य थप सात थरिका सेवा पनि अनलाइनमार्फत सेवा प्रवाह गर्ने भएको छ । विभागले सार्वजनिक सूचना जारी गरेर यही साउन १८ गतेदेखि औद्योगिक व्यवस्थापन सूचना प्रणालीबाट थप सात थरिका सेवा पनि अनलाइनबाटै सम्पादन हुने जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, ३९ सय १६ सम्पर्कविहीन
- राष्ट्रियसभाले पारित गर्यो विशेष प्रस्ताव
- करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
प्रतिकृया दिनुहोस