प्रदेशसभामा सत्ता बाँडफाँटका लागि ओली र प्रचण्डले गरे तीनबुँदे सहमतिमा हस्ताक्षर
- गाउँ सहर संवाददाता
- ९ श्रावण शनिबार, २०८३ | २१:३३:०० मा प्रकाशित
काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका नेतृत्वले प्रदेशमा सत्ता सहकार्यका लागि हस्ताक्षर गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले तीनबुँदेमा सहमतिमा हस्ताक्षर गरेका हुन् । उनीहरूले गरेको हस्ताक्षरपत्रमा प्रदेशसभामा सहकार्य गर्ने र संयुक्त सरकार गठन गर्ने उल्लेख छ ।
यस्तै, उनीहरूले सत्ताबाँडफाँट पनि गरेका छन् । कोसी, वाग्मती र लुम्बिनीमा एमालेले नेतृत्व गर्ने उल्लेख छ । कर्णाली प्रदेश र सुदूरपश्चिमा नेकपाले नेतृत्व गर्ने भनिएको छ । मधेस प्रदेश र गण्डकीमा अन्य राजनीतिक दलहरुसँगको परामर्शमा सरकारको नेतृत्व र सहभागिताको स्वरुप तय गर्ने उल्लेख छ ।
सहमतिको औचित्यबारे भनिएको छ,''राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई तिब्र बनाउन हामी दुई राजनीतिक दलहरू सहमतिमा पुगेका छौँ ।''
प्रदेशसभामा बजेट निर्माणका देखिएका असमझदारी, बजेट विहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धा समाधानका लागि सहमति गरिएको जिकिर दुई दलको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस