विद्यार्थीलाई तत्काल कोरोना खोप लगाएर मात्रै परीक्षा दिने वातावरण मिलाउन माग
- गाउँ सहर संवाददाता
- २५ श्रावण सोमबार, २०७८ | १६:३५:०० मा प्रकाशित
काठमाडाैं । विद्यार्थी संगठनहरूले विद्यार्थीहरूलाई कोरोनाविरूद्ध खोप तत्काल लगाउन माग गरेका छन् ।
सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले विद्यार्थीलाई कोरोना खोप दिन माग गरेका हुन् ।
‘देशभरका सबै परीक्षा केन्द्र र तोकिएका स्थानमा सबै विद्यार्थीलाई प्रवेश पत्रका देखाएर खोप लगाउने व्यवस्था गर्न माग गर्दछौं,’ राज्यमन्त्री श्रेष्ठलाई विद्यार्थी संगठनले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।
“परीक्षा दिने विद्यार्थीलाई मानसिक तनाब थपिएको छ भने परीक्षा हलमा असुरक्षा महसुस भएका कारण परीक्षा पनि प्रभावकारी भएको छैन । देशका सबै परीक्षा केन्द्र तथा तोकिएका स्थानहरुमा सम्पूर्ण विद्यार्थीलाई प्रवेश पत्र देखाएर खोप लगाउने व्यवस्था गर्न जोडदार माग गर्दछौं,” विद्यार्थी संगठनहरुको संयुक्त विज्ञप्तिमा भनिएको छ, “संयुक्त विद्यार्थी संगठनको तर्फबाट हामीले परीक्षा सञ्चालनका लागि परिचालन गरिने विश्वविद्यालयको जनशक्ति र विद्यार्थीलाई खोप लगाएर तथा स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा सुचारु गर्न माग गरेका थियौं ।”
विद्यार्थी संगठनहरूले खोप लगाएपछि मात्रै परीक्षा लिन आग्रह गरे पनि त्रिविलगायतमा परीक्षा जारी नै छ ।
नेविसंघ महामन्त्री बललेव तिमल्सिनाका अनुसार कोरोना संक्रमण दिनानुदिन वृद्धि भइरहेकोले खोप लगाएर मात्रै परीक्षा सञ्चालन गर्न स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको ध्यानाकर्षण गराइएको हो ।
देशभरका विद्यार्थीलाई खोप नलगाएको र स्वास्थ्य सुरक्षा अपनाउन नसकेका कारण कोरोना संक्रमणको जोखिम बढेको तिमल्सिनाले बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
- शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्नेसहित पारित भए यी ५ प्रस्ताव
- श्रम संस्कृति पार्टीद्वारा बुढानीलकण्ठमा वृक्षारोपण
- जन्मदिनमा छोराको १७ लाखको जीवन बीमा, एजेन्सी म्यानेजर धमालाको उदाहरणीय पहल
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
प्रतिकृया दिनुहोस