श्रम संस्कृति पार्टीद्वारा बुढानीलकण्ठमा वृक्षारोपण
- गाउँ सहर संवाददाता
- ३० श्रावण शनिबार, २०८३ | १६:४०:०० मा प्रकाशित
काठमाडौं । श्रम संस्कृति पार्टीको काठमाडौं संयोजक समितिले शनिबार काठमाडौंको बुढानीलकण्ठमा वृक्षारोपण गरेको छ। वृक्षारोपण कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो।
श्रम संस्कृति पार्टीको बागमती प्रदेश उपाध्यक्ष तथा रामेछाप संयोजक श्यामलाल योञ्जनका अनुसार कार्यक्रममा पार्टी अध्यक्ष हर्क साम्पाङसहित नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो। रामेछाप–काठमाडौं सम्पर्क समितिमार्फत पनि दर्जनौँको सहभागिता रहेको थियो।
शनिबारलाई ‘श्रमबार’का रूपमा मनाउँदै पार्टीले विदाको दिनको केही समय श्रमदानमा सदुपयोग गर्दै समाजलाई केही योगदान दिने नीति लिएको योञ्जनले बताए। श्रमदानलाई केवल कार्यक्रमका रूपमा सीमित नराखी संस्कृतिका रूपमा विस्तार गर्दै लैजाने पार्टीको नीति रहेको उनले उल्लेख गरे।
उनका अनुसार श्रम संस्कृति पार्टीले हरेक शनिबार सामाजिक काम तथा श्रमदानका गतिविधिलाई निरन्तरता दिँदै आएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
प्रतिकृया दिनुहोस