श्रम संस्कृति पार्टीद्वारा बुढानीलकण्ठमा वृक्षारोपण
- गाउँ सहर संवाददाता
- ३० श्रावण शनिबार, २०८३ | १६:४०:०० मा प्रकाशित
काठमाडौं । श्रम संस्कृति पार्टीको काठमाडौं संयोजक समितिले शनिबार काठमाडौंको बुढानीलकण्ठमा वृक्षारोपण गरेको छ। वृक्षारोपण कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो।
श्रम संस्कृति पार्टीको बागमती प्रदेश उपाध्यक्ष तथा रामेछाप संयोजक श्यामलाल योञ्जनका अनुसार कार्यक्रममा पार्टी अध्यक्ष हर्क साम्पाङसहित नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो। रामेछाप–काठमाडौं सम्पर्क समितिमार्फत पनि दर्जनौँको सहभागिता रहेको थियो।
शनिबारलाई ‘श्रमबार’का रूपमा मनाउँदै पार्टीले विदाको दिनको केही समय श्रमदानमा सदुपयोग गर्दै समाजलाई केही योगदान दिने नीति लिएको योञ्जनले बताए। श्रमदानलाई केवल कार्यक्रमका रूपमा सीमित नराखी संस्कृतिका रूपमा विस्तार गर्दै लैजाने पार्टीको नीति रहेको उनले उल्लेख गरे।
उनका अनुसार श्रम संस्कृति पार्टीले हरेक शनिबार सामाजिक काम तथा श्रमदानका गतिविधिलाई निरन्तरता दिँदै आएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश देउवा पद चैट
- शेयरबाजरः ५ अर्ब ७ करोडको कारोबार तर १९ अंकले घट्यो
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
प्रतिकृया दिनुहोस