रिलायन्स कलेजद्वारा एसईई उत्तीर्ण विद्यार्थीका लागि निबन्ध प्रतियोगिता आह्वान
- गाउँ सहर संवाददाता
- ३ बैशाख बिहीबार, २०८३ | ११:५२:०० मा प्रकाशित
काठमाडौं । रिलायन्स कलेज, इन्टरनेशनल एकेडेमीले छैटौँ राष्ट्रव्यापी एसईई खुला निबन्ध प्रतियोगिताका लागि आवेदन आह्वान गरेको छ। काठमाडौंको चाबहिलस्थित सरस्वतीनगरमा रहेको कलेजले देशभरका माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थीहरूलाई लक्षित गर्दै यो प्रतियोगिता आयोजना गर्न लागेको हो।
यस वर्षको प्रतियोगिताको शीर्षक “समयको माग : सुशासन र भ्रष्टाचारमुक्त नेपाल” तय गरिएको छ। इच्छुक विद्यार्थीहरूले नेपाली वा अङ्ग्रेजीमध्ये कुनै एक भाषामा निबन्ध लेखी वैशाख ३० गतेभित्र कलेजले उपलब्ध गराएको इमेल ठेगाना ([email protected]) मा पठाउन सक्नेछन्। साथै, भौतिक रूपमा कलेजमै निबन्ध बुझाउने सुविधा पनि रहेकाे छ ।
कलेजका प्रधानाध्यापक रविन्द्र जङ्ग थापाका अनुसार देशभरका एसईई उत्तीर्ण विद्यार्थीहरूले खुला रूपमा प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्। उनका अनुसार प्रतियोगिताले विद्यार्थीहरूको लेखन सीप, विश्लेषणात्मक क्षमता र सृजनात्मक सोचलाई उजागर गर्ने उद्देश्य राखेको छ।
प्रतियोगितामा उत्कृष्ट १३ जना विद्यार्थीलाई नगद पुरस्कारसहित कक्षा ११ अध्ययनका लागि विशेष छात्रवृत्ति, प्रमाणपत्र तथा अन्य सुविधासहित सम्मान गरिनेछ।
पुरस्कार व्यवस्था अनुसार प्रथम हुने एक जनाले रु. १५,००० नगदका साथै कक्षा ११ मा शतप्रतिशत भर्ना छुट र मासिक शुल्क पूर्ण रूपमा निःशुल्क पाउनेछन्। त्यस्तै, द्वितीय हुने एक जनालाई रु. १०,००० नगदसहित शतप्रतिशत भर्ना छुट र ९ महिनाको मासिक शुल्क छुट प्रदान गरिनेछ। तृतीय स्थान प्राप्त गर्ने एक जनाले रु. ६,००० नगद, शतप्रतिशत भर्ना छुट र ६ महिनाको मासिक शुल्क छुट पाउनेछन्।

यसैगरी, सान्त्वना स्थान प्राप्त गर्ने १० जना विद्यार्थीलाई जनही रु. २,५०० नगद, ५० प्रतिशत भर्ना छुट तथा २ महिनाको मासिक शुल्क छुट प्रदान गरिनेछ। सबै १३ जना विजेतालाई प्रमाणपत्रसहित विशेष सम्मान गरिने कलेजले जनाएको छ।
कलेजका अतिरिक्त क्रियाकलाप विभाग संयोजक गोविन्द ढकालका अनुसार यो प्रतियोगिता सामाजिक उत्तरदायित्वलाई प्रवर्द्धन गर्ने र एसईई उत्तीर्ण विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रत्येक वर्ष नियमित रूपमा आयोजना गरिँदै आएको हो।
“यो प्रतियोगिता केवल प्रतिस्पर्धा मात्र होइन, विद्यार्थीहरूको विचार, लेखन क्षमता र सामाजिक चेतनालाई उजागर गर्ने महत्वपूर्ण मञ्च हो। हामीले यसलाई युवा पुस्तामा सुशासन, जिम्मेवारी र देशप्रतिको सकारात्मक सोच विकास गर्ने अवसरका रूपमा लिएका छौँ” संयोजक ढकालले भने ।
प्रतियोगिताको नतिजा २०८३ साल जेठ ७ गते रिलायन्स कलेजको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिनेछ। विजयी विद्यार्थीहरूलाई कलेजमा आयोजना गरिने विशेष कार्यक्रममा पुरस्कार वितरण गरिनेछ। साथै, पुरस्कार प्राप्त गर्नका लागि एसईई प्रवेशपत्रको प्रतिलिपि अनिवार्य रूपमा बुझाउनुपर्ने कलेजले जनाएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
- शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्नेसहित पारित भए यी ५ प्रस्ताव
- श्रम संस्कृति पार्टीद्वारा बुढानीलकण्ठमा वृक्षारोपण
- जन्मदिनमा छोराको १७ लाखको जीवन बीमा, एजेन्सी म्यानेजर धमालाको उदाहरणीय पहल
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
प्रतिकृया दिनुहोस