विद्यार्थी संगठन र ट्रेड युनियन खारेजः ‘प्रणाली बचाउने’ प्रधानमन्त्री बालेनको दाबी
- गाउँ सहर संवाददाता
- २२ बैशाख मंगलबार, २०८३ | १०:२५:०० मा प्रकाशित
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले विद्यार्थी संगठन र कर्मचारी ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय कुनै पनि राजनीतिक दलविरुद्ध लक्षित नभएको स्पष्ट पारेका छन्। पछिल्ला दिनहरूमा उक्त निर्णयको विरोध बढिरहेका बेला उनले यो कदम प्रणाली र भविष्य जोगाउने उद्देश्यले लिइएको बताएका हुन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत प्रभावबाट मुक्त गराउने उद्देश्य रहेको उल्लेख गरेका छन्। “यो कुनै पार्टीविरुद्धको लडाइँ होइन, यो प्रणाली बचाउने प्रयास हो। यो भविष्य बचाउने प्रयास हो,” उनले लेखेका छन्।
उनले देशलाई दलगत कब्जाबाट बाहिर निकालेर संस्थागत मार्गमा ल्याउन आवश्यक सुधारका कदम चालिएको पनि बताएका छन्। विद्यार्थी र कर्मचारीतन्त्रमा बढ्दो पार्टीकरणले कार्यसम्पादन र स्वायत्ततामा असर पारेको भन्दै यसलाई अन्त्य गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
प्रधानमन्त्री शाहले सरकारको निर्णयले अधिकार खोस्ने नभई पेशागत स्वतन्त्रता बलियो बनाउने दाबी गरेका छन्। “अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता होइन, विधि, क्षमता र दक्षता बन्नुपर्छ,” उनले उल्लेख गरेका छन्।
यस निर्णयविरुद्ध विभिन्न विद्यार्थी संगठन, कर्मचारी युनियन तथा राजनीतिक दलहरूले विरोध जनाइरहेका छन्। उनीहरूले यो कदमले लोकतान्त्रिक अधिकार सीमित गर्ने र संगठित हुने स्वतन्त्रतामाथि असर पार्ने तर्क गर्दै आएका छन्।
यद्यपि, प्रधानमन्त्री शाहले पत्रकार, नेता, अभियन्ता, व्यापारी तथा आम नागरिकबाट सहयोग र समर्थनको अपेक्षा व्यक्त गरेका छन्। “परिवर्तन भाषणले होइन, निर्णयले आउँछ,” भन्दै उनले जनचाहनाअनुसार नै सरकार अघि बढिरहेको दाबी गरेका छन्।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
- शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्नेसहित पारित भए यी ५ प्रस्ताव
- श्रम संस्कृति पार्टीद्वारा बुढानीलकण्ठमा वृक्षारोपण
- जन्मदिनमा छोराको १७ लाखको जीवन बीमा, एजेन्सी म्यानेजर धमालाको उदाहरणीय पहल
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
प्रतिकृया दिनुहोस