स्वास्थ्य

काराेनाले विश्वभर २० कराेड १६ लाख मानिस संक्रमित, साढे ४२ लाखभन्दा बढिकाे मृत्यु, ९४ हजारकाे अवस्था गम्भिर

काठमाडौं । पछिल्लाे समय विश्वभर पुन: काेराेनाका संक्रमित बढ्न थालेकाे छ । पछिल्लाे २४ घण्टामा ७ लाख १ हजार थपिएका छन् भने १० हजार २७३ काे मृत्यु भएकाे छ । त्यसैगरि ४ लाख ६६ हजार जना निकाे भएका छन् ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १८ करोड १४ लाख ८ हजार जनाभन्दा बढि छन् । विश्वभर हाल १ कराेड ५९ लाख ५५ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने २० करोड १६ लाख ४३ हजार नाघेको छ भने मृतकको संख्या ४२ लाख ७९ हजार ३३६ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ९४ हजार ६५८ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढि संक्रमित र मृत्यु भएको छ । अमेरिकामा ३ कराेड ६३ लाख १ हजार भन्दा बढि संक्रमितमध्ये त्यहाँ अहिलेसम्म ६ लाख ३१ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १२ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ९८ लाख ५ हजार भन्दा बढि जना निको भइसकेका छन् भने पछिल्लाे २४ घण्टामा १ लाख २० हजार थपिएसँगै कुल ५८ लाख ६४ हजारमा भाइरस सक्रिय छ । 

दाेस्राे नम्बरमा रहेकाे भारतमा थप ४६४ जनाकाे मृत्युसँगै कुल संख्या ४ लाख २६ हजार ७८५ जनाकाे ज्यान गइसकेकाे छ । पछिल्लाे २४ घण्टामा ४५ हजार १ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा संक्रमित संख्या हालसम्म ३ कराेड १८ लाख ५५ हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ ।त्यसैगरि हालसम्म ३ कराेड १० लाख ७ हजार जना निको भएका छन् । सक्रिय केस ४ लाख २१ हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा पछिल्लाे २४ घण्टामा ४० हजार संक्रमित भएका छन् भने १ हजार ८६ जनाकाे मृत्युसँगै कुल मृत्यु हुनेकाे संख्या ५ लाख ६० हजारभन्दा बढी छन् । हाल ६ लाख ६५ हजार जनामा काेराेना भाइरस सक्रिय छ । हालसम्म २ कराेड ६६ हजार जना संक्रमितमध्ये १ कराेड ८८ लाख ४० हजार निकाे भइसकेका छन् । विश्वभर सबैभन्दा धेरै संक्रमित हुने देशमा ब्राजिल तेस्राे नम्बरमा छ ।

नेपालमा भाइरस संक्रमित ७ लाख ८ हजार ७९ जना पुगेका छन् भने ६ लाख ६३ हजार ६६३ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ९ हजार ९९४ पुगेको छ भने ३४ हजार ४२२ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत