नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन नेप्सेमा उच्च अंककाे बृद्धि
- गाउँ सहर संवाददाता
- ३ श्रावण आइतबार, २०७८ | १५:४०:०० मा प्रकाशित
काठमाडाैं । नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन नेप्सेमा उच्च अंककाे बृद्धि भएकाे छ ।
आइतबारको कारोबारमा नेप्से परिसूचक ९७.२१ अंकले बढेर २९८०.६१ विन्दुमा पुगेको छ । यो दिन २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता सेयर ११ अर्ब ६८ करोड ८१ लाख २६ हजार ४९२ रुपैयाँ ६२ पैसामा कारोबार भएको छ ।
यो दिन १९४ वटा कम्पनीको सेयर मूल्य बढेको छ । साथै २२ वटा कम्पनीको सेयर मूल्य घट्दा ५ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
उपसमूहतर्फ विकास बैंक ५.०५ प्रतिशत र वाणिज्य बैंक ४.७१ प्रतिशतले बढेको छ भने जीवन बीमा कम्पनी ३.८० प्रतिशत, माइक्रोफाइनान्स ३.५९ प्रतिशत र म्यूचुअल फण्ड ३.३४ प्रतिशतले बढेको छ ।
आजको कारोबारमा समृद्धि फाइनान्स, सिन्धु विकास बैंक, नगादी ग्रुप पावर, हिमालयन पावर पार्टनर र सिंगटी हाइड्रो इनर्जी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यस दिन मूल्य घट्ने शीर्ष १० कम्पनीहरुको सूचीमा अधिकांश ऋणपत्र रहेका छन् ।
कारोबार रकमका आधारमा यस दिन मञ्जुश्री फाइनान्स शीर्ष स्थानमा रहेको छ । यस दिन सो कम्पनीको ४० करोड ९९ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
प्रतिकृया दिनुहोस