अर्थतन्त्र

सुन र चाँदीको भाउ बढेर कतिमा हुँदैछ काराेबार

काठमाडाैं । बिहीबार सुन र चाँदीको भाउ सामान्य बढेको छ । यस दिन सुनको भाउ तोलामा ५०० रूपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९३ हजार २०० र तेजाबी सुनको लागि प्रतितोला ९२ हजार ७०० रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै बिहिबार चाँदीको भाउ पनि सामान्य बढेका छ । जसमा महासंघले चाँदीको भाउ प्रतितोला १ हजार ३२० रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३१५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

गाउँ सहर संवाददाता