नेप्से परिसूचक र काराेबार रकम सर्लक्कै घट्याे
- गाउँ सहर संवाददाता
- २२ भदौ आइतबार, २०८२ | १५:४८:०० मा प्रकाशित
काठमाडौं । साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ११.५२ अंकले घटेर २७०८.२५ विन्दुमा अडिएको छ। यसदिन ३३४ स्क्रिप्सको १ करोड ११ लाख २४ हजार ८४५ कित्ता सेयर ४ अर्ब ४० करोड २७ लाख ६७ हजार २७१ रुपैयाँमा खरिदिबिक्री भए।
कारोबारमा आएकामध्ये ७९ वटा स्टक्सको मूल्य बढ्दा १७३ वटाको घट्यो। हिमस्टार उर्जा कम्पनीको सेयर ९.९७ प्रतिशतले बढ्दा एनआईबीए समृद्धि फण्ड २ को ५.८३ ,युनिर्भसल पावर कम्पनीको ५.१२ र मेघा म्युचुअल फण्ड-१को ४.६९ प्रतिशतले बढ्यो।
कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर शीर्षस्थानमा रह्यो। सो कम्पनी २९ करोडको सेयर कारोबार हुँदा ,नेपाल रिइन्स्योरेन्सको २७ करोड,एभरेष्ट बैंकको २२ करोड,हिमालयन डिस्टिलरीको १६ करोड र युनिर्भसल पावरको १३ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
तीन समूहको उपसूचकबाहेक अन्यको घट्यो। फाइनान्स,मनु एण्ड प्रो र म्युचुअल फण्डको उपसूचक बढ्दा अन्य समूहको उपसूचक घटेको हो।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
- भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह
- ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न’ : बाढीपीडितलाई प्रधानमन्त्री शाहको ढाडस
- डीडीसीले सुरु गर्यो घिउ निर्यात
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
- बागमतीमा ६ मन्त्रीले लिए शपथ
प्रतिकृया दिनुहोस