शेयरबजारमा देखिएन उत्साह, खुम्चिँदै काराेबार रकम
- गाउँ सहर संवाददाता
- ५ भदौ बिहीबार, २०८२ | १५:५२:०० मा प्रकाशित

काठमाडौं । बिहीबार सेयर बजारमा कारोबार रकम ५ अर्ब २ करोडमा खुम्चिएको छ । साउन ११ गते २६ अर्ब ५७ करोडको कारोबार भएकोमा तीन साताकै अन्तरमा कारोबार रकम ८१ प्रतिशत घटेको हो ।
यो साता आइतबार ७ अर्ब ७३ करोडको कारोबार भएकोमा सोमबार ६ अर्ब १७ करोड, मंगलबार ५ अर्ब ६३ करोड, बुधबार ५ अर्ब २० करोडको कारोबार भएको थियो ।
आज बजारको परिसूचक नेप्से ९.२२ अंक घटेको छ । ५३ कम्पनीको मूल्य बढ्दा १९७ कम्पनीको घटेको छ । निर्जीवन बीमाबाहेक सबै समूहका सूचक घटेका छन् । निर्जीवन बीमा ०.१४ प्रतिशत बढ्यो । घटेका सबै समूहको गिरावट दर १ प्रतिशतमुनि ह्य ।
बैंकिङ ०.११, विकास बैंक ०.६५, फाइनान्स ०.५५, होटल तथा पर्यटन ०.८६, हाइड्रोपावर ०.५२, लगानी ०.२६, जीवन बीमा ०.३२, उत्पादन तथा प्रशोधन ०.१८, माइक्रोफाइनान्स ०.२१, अन्य ०.५२ तथा व्यापार ०.६४ प्रतिशत घटे ।
हालै सूचीकृत भएर कारोबारमा आएको विकास हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । कम्पनीको मूल्य प्रतिकित्ता ३५३.४० रुपैयाँ कायम भएको छ ।
सामुदायिक लघुवित्तको ५.३७, रसुवागढी हाइड्रोपावरको २.८६, युनाइटेड अजोड इन्स्योरेन्सको २.६६, पियोर इनर्जीको २.६० प्रतिशत मूल्य बढ्यो ।
जनउत्थान सामुदायिक लघुवित्तको मूल्य सबैभन्दा धेरै ४.६५ प्रतिशत घट्यो । सयपत्री हाइड्रोपावरको ४.५३, पन्चकन्या माइ हाइड्रोपावरको ३.०८, अपर लोहोरेखोलाको ३.०४ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका पाँच कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, बलेफी हाइड्रोपावर, बुटवल पावर र हिमालयन डिस्टिलरी छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस