नेप्सेमा २१ अर्ब ४६ करोडकाे काराेबार
- गाउँ सहर संवाददाता
- ४ श्रावण आइतबार, २०८२ | १६:३८:०० मा प्रकाशित

काठमाडाैं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। पछिल्ला ३ कारोबार दिनदेखि बढेर बन्द भएको नेप्से, यस दिन अन्तिम समयमा करेक्सन भइ सामान्य अंक बढेर बन्द भएको हो।
आइतबार नेप्से परिसूचक ०.३२ अंक बढेर २८७०.९५ विन्दुमा पुगेको छ। नेप्से सामान्य अंक बढेपनि यस दिन कारोबार रकम भने उच्च बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार साढे १६ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१६ स्टकको १ लाख ७८ हजार १७६ पटकको कारोबारमा २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार रुपैयाँबराबरको ५ करोड १६ लाख ५८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, सान्भि इनर्जी, ट्रेड टावर र शिव श्री हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। कारोबारमा आएको समृद्धि फाइनान्सको शेयरमूल्य यस दिन सर्वाधिक ८.८८ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीकाे यस दिन ९८ करोड ५५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन बुटवल पावर कम्पनीको ६४ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम साढे ५६ करोड नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.३६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.२६ प्रतिशत घटेको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- साउनमा नारीहरूकाे नाडीमा हरियाे चुरा देखिएजस्तै शेयरबजारकाे ड्यासबाेर्डमा पनि हरियाली
- गिरीकाे कारबाही फिर्ता माग गर्दै लिङ्देनलाई कर्णाली प्रदेशका जिल्ला अध्यक्षहरुको सामुहिक अपिल
- साफ यू-२० महिला च्याम्पियनसिपको उपाधिका लागि बंगलादेशसँग भिड्दै नेपाल
- आज साउनको पहिलो सोमबार पशुपतिमा श्रद्धालुहरुको घुइँचो
- पर्यटन प्रवर्द्धनकाे खाेजीमा सुनापति गाउँपालिका
- रूपन्देही–३ मा यस्ताे छ उपनिर्वाचनकाे कार्यतालिका
- आज संघीय संसद्का विभिन्न पाँच समितिको बैठक बस्दै
- विद्या भण्डारीको सदस्यता स्थगन अवस्थामा छ : एमाले
- चालु आवमा दैनिक २.५५ किमी सडक निर्माण भएकाे प्रधानमन्त्रीकाे दाबी
- हरियाली बाटाेमा शेयरबजार, लगानीकर्तामा थपियाे उत्साह
प्रतिकृया दिनुहोस