स्वाट्टै घट्याे शेयर काराेबार, नेप्सेपनि घटेर बन्द
- गाउँ सहर संवाददाता
- २१ श्रावण बुधबार, २०८२ | १५:३६:०० मा प्रकाशित

काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंक बढेपनि काराेबार भने स्वाट्टै घटेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक १.९४ अंक घटेर २८३२.०६ विन्दुमा पुगेको छ । नेप्सेसँगै यसपदन कारोबार रकम भने घटेको छ ।
मंगलबार ९ अर्ब ३३ करोडको शेयर खरिदबिक्री भएको बजारमा बुधबारमा ७ अर्ब ६३ करोड १३ लाख ७५ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । यस दिन लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक १.३४ प्रतिशत बढेको छ ।
यस दिन ३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्था, महुली लघुवित्त वित्तीय संस्था र ट्रेड टावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन समाज लघुवित्त र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ ।
कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २९ करोड ४५ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको २८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम २४ करोड रुपैयाँ नाघेको छ।
चालु आवको मौद्रिक नीति सार्वजनिक भए यताका दुई साता शेयर बजारमा सुधारका साथै उच्च कारोबार भएको थियो । तर, पछिल्ला केही दिन यता भने दैनिक कारोबारमा गिरावट आउन थालेको छ । बजारमा पछिल्लो ८ कारोबार दिनदेखि कारोबार रकम निरन्तर घट्दो क्रममा रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस