गाउँ सहर

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै उकालाे

काठमाडौं । नेपाली बजारमा सोमबार (भदौ १६ गते) सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । आज सुन दुई लाख पाँच हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सुन दुई लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनेको थियो । आइतबारको तुलनामा आज सुन प्रतितोला एक हजार ७०० रुपैयाँले बढेको हो ।

आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ४७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आइतबार चाँदी प्रतितोला दुई हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्यको आइतबारको रेकर्ड आज तोडिएको हो ।    

गाउँ सहर संवाददाता

तपाईँको मत