स्वास्थ्य

पछिल्लाे २४ घण्टामा विश्वभर ४ लाख २१ हजार काेराेना संक्रमित थपिए, सात हजारकाे मृत्यु, ३ लाख ४७ हजार निकाे

काठमाडौं । पछिल्लाे २४ घण्टामा विश्वभर काेराेनाबाट निकाे हुने भन्दा संक्रमित बढेकाे छ । यस अवधिमा ब्राजिलमा मात्र हजारभन्दा माथि मृत्यु भएकाे छ । ब्राजिलमा १ हजार १७२ जनाकाे मृत्यु भएकाे छ । अधिकांश मुलुकमा सयभन्दा तल झरेकाे छ । 

पछिल्लाे २४ घण्टामा विश्वभर ७ हजार २६७ जनाकाे मृत्यु भएकाे छ । यस अवधिमा ३ लाख ४७ हजारजना काेराेनामुक्त भएका छन् भने ४ लाख २१ जना संक्रमित थपिएका छन् ।

हालसम्म विश्वभर निको हुनेको संख्या १७ करोड १२ लाख ३६ हजार जना भन्दा बढि छन् । विश्वभर हाल १ कराेड १९ लाख ८५ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १८ करोड ७२ लाख ६४ हजार नाघेको छ भने मृतकको संख्या ४० लाख ४२ हजार ६६१ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ७८ हजार ३२७ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढि संक्रमित र मृत्यु भएको छ । अमेरिकामा ३ कराेड ४७ लाख २६ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ६ लाख २२ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ३ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ९२ लाख ३४ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ४८ लाख ६८ हजारमा भाइरस सक्रिय छ । 

दाेस्राे नम्बरमा रहेकाे भारमा मृत्यु हुनेकाे संख्या ४ लाख ८ हजार ७२ जना पुगेकाे छ । पछिल्लाे २४ घण्टामा ४१ हजार ४७५ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा संक्रमित संख्या हालसम्म ३ कराेड ८ लाख ३६ हजार २३१ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । त्यसैगरि हालसम्म २ कराेड ९९ लाख ६७ हजार जना निको भएका छन् । सक्रिय केस ४ लाख ६० हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा पछिल्लाे २४ घण्टामा ४८ हजार संक्रमित भएका छन् भने मृतक पनि धेरै भएकाे छ । १ हजार १७२ जनाकाे मृत्युसँगै कुल मृत्यु हुनेकाे संख्या ५ लाख ३२ हजारभन्दा बढी छन् । हाल १० लाख ५ हजार जनामा काेराेना भाइरस सक्रिय छ । १ कराेड ९० लाख ६९ हजार जना संक्रमितमध्ये १ कराेड ७५ लाख ३० हजार निकाे भइसकेका छन् । विश्वभर सबैभन्दा धेरै संक्रमित हुने देशमा ब्राजिल तेस्राे नम्बरमा छ ।

नेपालमा भाइरस संक्रमित ६ लाख ५४ हजार २१२ जना पुगेका छन् भने ६ लाख १८ हजार ३६१ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ९ हजार ३६२ पुगेको छ भने २६ हजार ४८९ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत