स्वास्थ्य

घट्दै काेराेना : उच्च मृत्युदर भएका देशमा पनि दैनिक मृत्यु हजारभन्दा तल, अधिकांशमा सयभन्दा मुनि

काठमाडौं । विश्वभर पछिल्लाे समय काेभिडबाट मृत्यु हुनेकाे संख्या घट्दै गएकाे छ । पछिल्लाे २४ घण्टामा हजार भन्दामुनि मात्रै मृत्यु भएकाे छ । ब्राजिल, भारत र अमेरिकामा पनि दैनिक मृत्युदर हजारभन्दा तल झरेकाे छ । अधिकांश मुलुकमा सयभन्दा तल झरेकाे छ । 

पछिल्लाे २४ घण्टामा विश्वभर ६ हजार ७ जनाकाे मृत्यु भएकाे छ । यस अवधिमा २ लाख ९७ हजारजना काेराेनामुक्त भएका छन् भने ३ लाख २७ जना संक्रमित थपिएका छन् ।

हालसम्म विश्वभर निको हुनेको संख्या १६ करोड ८९ लाख ७ हजार जना भन्दा बढि छन् । विश्वभर हाल १ कराेड १६ लाख ६१ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १८ करोड ४५ लाख ६२ हजार नाघेको छ भने मृतकको संख्या ३९ लाख ९३ हजार ३१९ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ७७ हजार ७८९ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड ४५ लाख ९२ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ६ लाख २१ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ३ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ९० लाख ९६ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ४८ लाख ७४ हजारमा भाइरस सक्रिय छ । 

दाेस्राे नम्बरमा रहेकाे भारमा मृत्यु हुनेकाे संख्या ४ लाख ३८७ जना पुगेकाे छ । पछिल्लाे २४ घण्टामा ४० हजार ३८७ जना नयाँ संक्रमित थपिएका छन् भने ७४३ जनाकाे मृत्यु भएकाे छ । यससँगै भारतमा संक्रमित संख्या हालसम्म ३ कराेड ५ लाख ८४ हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । त्यसैगरि हालसम्म २ कराेड ९६ लाख ९२ हजार जना निको भएका छन् । सक्रिय केस ४ लाख ८९ हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा पछिल्लाे २४ घण्टामा २७ हजार संक्रमित भएका छन् । ७७६ जनाकाे मृत्युसँगै कुल मृत्यु हुनेकाे संख्या ५ लाख २४ हजारभन्दा बढी छन् । हाल ११ लाख ६२ हजार जनामा काेराेना भाइरस सक्रिय छ । १ कराेड ८७ लाख ६९ हजार जना संक्रमितमध्ये १ कराेड ७० लाख ८२ हजार निकाे भइसकेका छन् । विश्वभर सबैभन्दा धेरै संक्रमित हुने देशमा ब्राजिल तेस्राे नम्बरमा छ ।

नेपालमा भाइरस संक्रमित ६ लाख ४४ हजार ६२२ जना पुगेका छन् भने ६ लाख ९ हजार २१८ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ९ हजार २२५ पुगेको छ भने २६ हजार १७९ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत