पुनरकर्जा, सहुलियतपूर्ण कर्जा र व्यवसाय निरन्तरता कर्जा भनिएजस्तै छ ?
- गाउँ सहर संवाददाता
- ३ असार बिहीबार, २०७८ | ०७:२१:०० मा प्रकाशित

काठमाडाैँ । सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा २०७८ बैशाख मसान्तमा रु.१२८ अर्ब ४४ करोड लगानीमा रहेको देखिएकाे छ ।
देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०७७/७८ को दश महिनाको तथ्याङ्कमा आधारित) तथ्यांकले यहि भन्छ ।
नेपाल राष्ट्र बैंकका अनुसार बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा २०७८ बैशाख मसान्तमा रु.१२८ अर्ब ४४ करोड लगानीमा रहेको छ । यस बाहेक करिव रु.२० अर्ब पुनरकर्जा स्वीकृत भई लगानीको क्रममा रहेको छ ।
२०७८ बैशाख मसान्तसम्ममा ९५ हजार ८ सय ६ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई रु.१४९ अर्ब ७६ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ४३ हजार ९ सय ९७ ऋणीलाई प्रवाह भएको रु.१०० अर्ब १० करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ४९ हजार ४ सय ५० महिला उद्यमीलाई प्रवाह भएको रु.४६ अर्ब ४६ करोड कर्जा रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ३ सय ५९ ऋणीको रु.३ अर्ब २० करोड कर्जा बक्यौता रहेको राष्ट्र बैंकले बताएकाे छ ।
उसका अनुसार “व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पुर्याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७८ बैशाख मसान्तसम्ममा रु.४८ करोड ६१ लाख स्वीकृत भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस