सरकारले सार्वजनिक गरेकाे देशको अर्थतन्त्रको श्वेतपत्रमा के छ ?
- गाउँ सहर संवाददाता
- १४ बैशाख सोमबार, २०८३ | १७:०६:०० मा प्रकाशित
काठमाडाैं । सरकारले देशको पछिल्लो आर्थिक अवस्थाको श्वेतपत्र सार्वजनिक गरेको छ । 'नेपालको वर्तमान आर्थिक स्थितिपत्र' शीर्षकमा सोमबार अर्थ मन्त्रालयले श्वेतपत्र सार्वजनिक गरेको हो ।
आर्थिक स्थितिपत्रले वर्तमान अवसर र चुनौतीहरूको स्पष्ट पहिचान गर्दै नीतिगत सुधार, सुशासन सुदृढीकरण तथा दिगो आर्थिक रूपान्तरणका लागि आवश्यक मार्गचित्र कोर्न बलियो आधार प्रदान गर्ने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताएका छन् ।
'मुलुकको अर्थतन्त्र पुनर्संरचना र स्तरोन्नतिको चरणमा प्रवेश गरेको छ । नेपालको अर्थ–राजनीतिले नयाँ मोड लिँदै गर्दा नीतिगत सुधार, सार्वजनिक सेवा प्रवाहमा गुणस्तरीय परिवर्तन, आर्थिक पारदर्शिता तथा सुशासनलाई उच्च प्राथमिकता दिइएको छ,' वाग्लेले भनेका छन्, 'दशकौंदेखि जकडिएका संरचनात्मक कमजोरीलाई चिर्दै सुसंस्कृत र समृद्ध समाज निर्माण दृढताका साथ गरिनेछ ।'
बालेन शाहको नेतृत्वमा सरकार गठन भएको १ महिनापछि सरकारले अर्थतन्त्रको अवस्थाबारे श्वेतपत्र जारी गरेको हो ।
गत चैत १३ गते अर्थमन्त्री नियुक्त भएका वाग्लेले पदभार ग्रहण गरेको एक महिनामा देशको अर्थतन्त्रको चित्र ७६ बुँदामा सार्वजनिक गर्दै आगामी वर्षदेखि ७ प्रतिशतको आर्थिक वृद्धिका लागि ४ वटा आधार अगाडि सारेका छन् ।
अर्थमन्त्रीले अगाडि सारेका ४ संवाहक क्षेत्रहरू:
– ५ वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन
– कृषिको आधुनिकीकरण र व्यवसायीकरणमार्फत उत्पादनमूलक रोजगारी
– गुणस्तरीय पर्यटन पूर्वाधारमार्फत रोजगारी र आय वृद्धि
– सूचना प्रविधिको उपयोग र डिजिटल अर्थतन्त्र निर्माण गर्दै उत्पादन, उत्पादकत्व, रोजगारी र निर्यात अभिवृद्धि
हेर्नुहोस्, पूर्णपाठ :
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस