सहकारीहरू अर्थतन्त्रका बलियो खम्बा - मन्त्री कार्की
- गाउँ सहर संवाददाता
- ५ बैशाख शनिबार, २०८३ | १९:३४:०० मा प्रकाशित
पोखरा । गण्डकी प्रदेशका नवनियुक्त कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भिम बहादुर कार्कीले सहकारी क्षेत्रलाई अर्थतन्त्रको बलियो खम्बाका रूपमा व्याख्या गर्दै यसको सुदृढीकरणका लागि सरकार र सहकारीबीच सहकार्य आवश्यक रहेको बताएका छन् । सहकारीको समग्र अवस्था, नियामकीय मापदण्(डको कार्यान्वय र निर्देशन सम्वन्धमा प्रदेश स्तरीय तालिम तथा अभिमुखिकरण कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकारले सहकारीलाई आर्थिक क्षेत्रको एक मुख्य आधार स्तम्भको रुपमा लिएको बताए । पछिल्लो समय सहकारीमा नकारात्मक क्रियाकलाप भएको प्रति चिन्ता व्यक्त गर्दै सबै सहकारी खराब नभएको उनको भनाई थियो । उनले केही सहकारीका कारण सबै सहकारीको आरोप खेप्नुपरेको प्रति चिन्ता व्यक्त गरे । सहकारी क्षेत्र थप व्यवस्थित र मर्यादित बनाउने आफ्नो संकल्प भएको बताउँर्दै मन्त्री कार्कीले आफूले सबैका सुझाव समेटेर कार्य योजना निर्माण गर्ने र सोही अनुरुपका नीति तथा कार्यक्रम तयार गर्ने प्रतिबद्धता व्यक्त गरे ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा खगराज शर्माले सहकारी क्षेत्र नेपालको आर्थिक तथा सामाजिक विकासका लागि अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे । उनले ग्रामीण घरपरिवारलाई समेट्दै महिला सशक्तीकरण र सामाजिक रूपान्तरणमा उल्लेखनीय योगदान दिएको बताए । केही सहकारी संस्थामा समस्या देखिएको स्वीकार गर्दै उनले सुशासन र पारदर्शिता सुनिश्चित गर्न सहकारी विभाग र नियमन प्राधिकरणको भूमिका अझ स्पष्ट हुनुपर्नेमा जोड दिए ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको आयोजनामा आजदेखि सुरु भएको प्रदेश स्तरीय अभिमुखीकरणमा गण्डकीका ११ वटै जिल्लाबाट सहकारीका प्रतिनिधिहरुको उपस्थिति रहेको सहकारी रजिस्ट्रारको कार्यालग गण्डकीका प्रतिनिधि भेषराज रिजालले जानकारी दिए । कार्यक्रममा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका विज्ञ सदस्य रमेश प्रसाद चौलागाईले सहकारीका बारेमा बोलेका थिए ।
दुई दिनसम्म चल्ने तालिममा सहकारीको नियमन व्यवस्था र सहकारीमा सुशासन, सहकारी क्षेत्रमा सुपरिवेक्षण अवस्था, जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण, सहकारीमा वित्तिय श्रोत संकलन, लगानी र ऋण असुली सहकारी क्षेत्रमा सम्पत्ति शुद्धीकरणलगायत विषयमा अभिकरण दिइने आयोजकले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
- शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्नेसहित पारित भए यी ५ प्रस्ताव
प्रतिकृया दिनुहोस