सहकारीहरू अर्थतन्त्रका बलियो खम्बा - मन्त्री कार्की
- गाउँ सहर संवाददाता
- ५ बैशाख शनिबार, २०८३ | १९:३४:०० मा प्रकाशित
पोखरा । गण्डकी प्रदेशका नवनियुक्त कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भिम बहादुर कार्कीले सहकारी क्षेत्रलाई अर्थतन्त्रको बलियो खम्बाका रूपमा व्याख्या गर्दै यसको सुदृढीकरणका लागि सरकार र सहकारीबीच सहकार्य आवश्यक रहेको बताएका छन् । सहकारीको समग्र अवस्था, नियामकीय मापदण्(डको कार्यान्वय र निर्देशन सम्वन्धमा प्रदेश स्तरीय तालिम तथा अभिमुखिकरण कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकारले सहकारीलाई आर्थिक क्षेत्रको एक मुख्य आधार स्तम्भको रुपमा लिएको बताए । पछिल्लो समय सहकारीमा नकारात्मक क्रियाकलाप भएको प्रति चिन्ता व्यक्त गर्दै सबै सहकारी खराब नभएको उनको भनाई थियो । उनले केही सहकारीका कारण सबै सहकारीको आरोप खेप्नुपरेको प्रति चिन्ता व्यक्त गरे । सहकारी क्षेत्र थप व्यवस्थित र मर्यादित बनाउने आफ्नो संकल्प भएको बताउँर्दै मन्त्री कार्कीले आफूले सबैका सुझाव समेटेर कार्य योजना निर्माण गर्ने र सोही अनुरुपका नीति तथा कार्यक्रम तयार गर्ने प्रतिबद्धता व्यक्त गरे ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा खगराज शर्माले सहकारी क्षेत्र नेपालको आर्थिक तथा सामाजिक विकासका लागि अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे । उनले ग्रामीण घरपरिवारलाई समेट्दै महिला सशक्तीकरण र सामाजिक रूपान्तरणमा उल्लेखनीय योगदान दिएको बताए । केही सहकारी संस्थामा समस्या देखिएको स्वीकार गर्दै उनले सुशासन र पारदर्शिता सुनिश्चित गर्न सहकारी विभाग र नियमन प्राधिकरणको भूमिका अझ स्पष्ट हुनुपर्नेमा जोड दिए ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको आयोजनामा आजदेखि सुरु भएको प्रदेश स्तरीय अभिमुखीकरणमा गण्डकीका ११ वटै जिल्लाबाट सहकारीका प्रतिनिधिहरुको उपस्थिति रहेको सहकारी रजिस्ट्रारको कार्यालग गण्डकीका प्रतिनिधि भेषराज रिजालले जानकारी दिए । कार्यक्रममा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका विज्ञ सदस्य रमेश प्रसाद चौलागाईले सहकारीका बारेमा बोलेका थिए ।
दुई दिनसम्म चल्ने तालिममा सहकारीको नियमन व्यवस्था र सहकारीमा सुशासन, सहकारी क्षेत्रमा सुपरिवेक्षण अवस्था, जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण, सहकारीमा वित्तिय श्रोत संकलन, लगानी र ऋण असुली सहकारी क्षेत्रमा सम्पत्ति शुद्धीकरणलगायत विषयमा अभिकरण दिइने आयोजकले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
प्रतिकृया दिनुहोस