विश्व

भारतमा काेराेनाबाट थप ३३ सय ८० काे मृत्यु, सक्रिय संक्रमण घट्याे

काठमाडाैँ । भारतमा पछिल्लाे २४ घण्टामा काेराेनाभाइरसका कारण थप ३३ सय ८० काे मृत्यु भएकाे छ । याेसहित कुल मृतककाे संख्या ३ लाख ४४ हजार ८२ पुगेकाे त्यहाँकाे स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएकाे छ ।

उसका अनुसार, देशमा भाइरसकाे सक्रिय संक्रमितकाे संख्या १५ लाख ५५ हजार २४८ रहेकाे छ जुन अघिल्लाे दिनकाे तुलनामा ८० हजार ७४५ ले कमी हाे । काेराेनाभाइरसल जित्नेकाे संख्या २ कराेड ६७ लाख ९५ हजार ५४९ छ ।

देशमा २२ कराेड ७८ लाख ६० हजार ३१७ लाई काेराेना खाेप लगाइसकेकाे मन्त्रालयले जनाएकाे छ ।

गाउँ सहर संवाददाता