स्वास्थ्य

विश्वभर हालसम्म साढे १५ कराेड जना काेराेनामुक्त, एक कराेड ३६ लाखमा भाइरस सक्रिय, ९० हजार गम्भिर

काठमाडौं । हाल विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या बढिरहेको छ । संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १५ करोड ५० लाख ३९ हजार जना भन्दा बढि छन् ।  विश्वभर हाल १ कराेड ३६ लाख ६५ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १७ करोड २४ लाख ११ हजार नाघेको छ भने मृतकको संख्या ३७ लाख ६ हजार २९९ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ९० हजार ७२ जनाको अवस्था गम्भीर छ ।

भारतमा पछिल्लाे २४ घण्टामा विश्वभरका सबैभन्दा धेरै काेराेना संक्रमित र मृत्यु भएका छन् । विश्वभर ४ लाख ८९ हजार थपिएकामध्ये भारतमा १ लाख ३४ हजार १०५ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा संक्रमित संख्या हालसम्म २ कराेड ८४ लाख ४० हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । पछिल्लाे २४ घण्टामा २ हजार ८ सय ९९ जनाकाे मृत्यु भएकाे छ । याेसँगै कुल मृत्यु हुनेकाे संख्या ३ लाख ३८ हजार १३ जना पुगेकाे छ । त्यसैगरि हालसम्म २ कराेड ६३ लाख ८२ हजार जना निको भएका छन् । सक्रिय केस १७ लाख २० हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढिको संक्रमण र मृत्यु भएको छ । अमेरिकामा ३ कराेड ४१ लाख ५४ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ६ लाख ११ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ५ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ७९ लाख ८६ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ५५ लाख ५६ हजार जनामा भाइरस सक्रिय छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड ६७ लाख २० हजार जना संक्रमितमध्ये १ कराेड ५१ लाख ६८ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने ४ लाख ६७ हजारभन्दा बढी छन् । हाल १० लाख ८४ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित ५ लाख ७१ हजार १११ जना पुगेका छन् भने ४ लाख ६१ हजार ५६३ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ७ हजार ५५५ पुगेको छ भने १ लाख १ हजार ९९३ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत