स्वास्थ्य

विश्वभर काेराेना संक्रमित निकाे हुने बढे, मृत्यु संख्या पनि घट्दै, यी हुन् सबैभन्दा धेरै संक्रमित दश मुलुक

काठमाडौं । हाल विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या बढिरहेको छ । संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १५ करोड ३७ लाख ३० हजार जना भन्दा बढि छन् ।  विश्वभर हाल १ कराेड ४९ लाख ६१ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १७ करोड १४ लाख ५५ हजार नाघेको छ भने मृतकको संख्या ३५ लाख ६४ हजार ७६४ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ९१ हजार ७५५ जनाको अवस्था गम्भीर छ ।

भारतमा पछिल्लाे २४ घण्टामा विश्वभरका सबैभन्दा धेरै काेराेना संक्रमित र मृत्यु भएका छन् । विश्वभर ३ लाख ५८ हजार थपिएकामध्ये भारतमा १ लाख २६ हजार ६९८ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा संक्रमित संख्या हालसम्म २ कराेड ८१ लाख ७३ हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । पछिल्लाे २४ घण्टामा २ हजार ७ सय ८२ जनाकाे मृत्यु भएकाे छ । याेसँगै कुल मृत्यु हुनेकाे संख्या ३ लाख ३१ हजार ९०९ जना पुगेकाे छ । त्यसैगरि हालसम्म २ कराेड ५९ लाख ३९ हजार जना निको भएका छन् । सक्रिय केस १९ लाख २ हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढिको संक्रमण र मृत्यु भएको छ । अमेरिकामा ३ कराेड ४१ लाख १३ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ६ लाख ९ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ६ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ७८ लाख ७३ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ५६ लाख ३९ हजार जनामा भाइरस सक्रिय छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड ६५ लाख ४७ हजार जना संक्रमितमध्ये १ कराेड ४९ लाख ६४ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने ४ लाख ६२ हजारभन्दा बढी छन् । हाल ११ लाख २० हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित ५ लाख ६१ हजार ३०२ जना पुगेका छन् भने ४ लाख ४७ हजार ४४६ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ७ हजार ३८६ पुगेको छ भने १ लाख ६ हजार ४७० जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत