दृष्‍टिकोण

ओली जिन्दावाद, विकल्प छैन-अरुको हुति पुग्दैन, महामारीकेन्द्रित काम गर

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीकाे हुति पुगेन, विश्वासकाे मत ल्याउन सक्दैनन् भन्दै अभ्यास संसदमा पनि गरे । तर अरू हारे । किनकी देशकाे प्रमुख दलकाे हैसियतमा कसैकाे दावी नपरेपछि उनी पुनः ४३औँ प्रधानमन्त्रीमा चुनिएका छन् ।

के गर्ने ? गफ गरेरमात्र हुँदैन तर अन्यकाे भन्दा गफ र ढंग भएका ओलीले पुन दलीय विश्वासलाई जाेडेका छन् र पुनः नियुक्तिमा परेका छन् । नगर्नेभन्दा गर्छु भन्नेनै जनताकाे मतमा पर्दारहेछन् जुन अहिले देखिएकाे छ ।

जनताले ओली वा लाई "आइ लभ यू" नै भनेका हुन् । प्रतिपक्षी र अन्य दलले सधैँ नराम्रै देखेका हुन् । रै पनि अन्यकाे विश्वास नहुँदा उनी स्वयं नै चुनिएका छन् । तर मुख्य कुरा चाहिँ अहिलेसम्मका खाडल उनले पुर्नु छ, जुन कुरा उनले भुल्नु भविश्यकाे लागि खतरा हुनेछ ।

हुन त प्रमुख प्रतिपक्षले संविधान मिच्चनेदेखि संसद विघटन गरेर जनमतकाे अपमान गर्नेसम्मका अलाेकतान्त्रिक बाटाेमा केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकार लागेकाले त्यसलाई राेक्न प्रयास स्वरूप बदलिँदाे राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसले सत्ताकाे नेतृत्वमा दाबी गरेकाे थियाे । उनीहरूको आन्तरिक लडाइँ र सत्ता हत्त्याउने खेलले देश बर्वादितिर धकेल्दै गएपछि नेपाली कांग्रेसले बारम्बार खबरदारी गर्दै आएको थियो । यसैबिचमा समाजवादी पार्टीका महन्थ ठाकुरकाे पनि नेतृत्वमा खुबै नाम आयाे अनि सेलायाे । कसैकाे दम देखिएन ।

राजनीति यस्तै हाे, चित्र-विचित्र देख्न र सुन्न पाइन्छ । बहुमतकाे कदर हुनैपर्छ । बहुमतमा नेकपा एमाले नै परेकाेले अबकाे समय उसैले राज गर्ने हाे, कसैलाई चित्त बुझेपनि वा नबुझेपनि । पछि चित्त बुझे पुनः ल्याउलान नत्र नल्याउलान् । याे प्रजातान्त्रिक प्रक्रिया हाे, चलिरहन्छ ।

कसले कसरी सहयोग गर्यो, विगार गर्यो, त्यो विषय अहिले तपशिलमा राखौँ । सरकारले महामारी नियन्त्रण गर्न नसकेको कुरालाई उत्तर गरेर देखाउँ । देश प्रताडित छ महामारीले । यसलाइ पुरौँ । सबै क्षेत्रमा चुकेको सरकारले खाडल पुर्दै जाऔँ । रिस राग नराखौँ, गल्तिलाई महशुष गरौँ र नदोहोर्याउने वाचा गरौँ । यो महामारीको दलदलबाट बाहिर निकालौँ, केपी सरकारसँग जनताको आशापनि यत्तिमात्र छ ।

किनकी सुशासनमा त उ सुरूवातबाटै चुकेको हो र छ । सुधारकाे लक्षणसम्म देखिँदैन, एकलाैटी शासन छ ।

तर अबका दिनमा राहतमुखी काममा अग्रसरता देखाउन केपी सरकारले सक्छ, मनन् गरेर अगाडि बढेकाे राम्राे !

यसले पछिल्ला दिनमा चाेइटिएकाे प्रचण्डकाे हुलपनि "नेपाली कम्युनिस्ट" काे नामले न्वारनपनि हुन नसक्ला भन्न सकिन्न ।

जय हाेस्, शुभ हाेस्, शुभकामना ।।।

गाउँ सहर संवाददाता

तपाईँको मत