वातावरण

देशकाे माैसम आज कस्ताे छ ?

काठमाडाैँ । हाल देशभर मनसुनी वायूको र स्थानीय वायूको प्रभाव रहेको छ । आज २०८२ आश्विन १४ गते (मंगलबार) जल तथा माैसम विभागका अनुसार आज दिउँसो सबै प्रदेशमा साधारणतया बदली रहने छ ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा, बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

यस्तै आज राति कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, र बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेश थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागकाे पूर्वानुमान छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत