अर्थतन्त्र

प्रत्येक नेपालीकाे टाउकाेमा ९४ हजार ६५ रुपैयाँ ऋणकाे भारी

काठमाडौँ । पछिल्लाे प्रतिवेदनले सार्वजनिक ऋणभार २७ खर्ब नाघेको देखाएकाे छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष पहिलो दुई महिना (भदौ मसान्त) सम्म सार्वजनिक ऋण २७ खर्ब ४३ अर्ब ३७ करोड पुगेको हो । २०७८ सालको नेपालको जनसंख्या अनुसार भदौ मसान्तसम्म सार्वजनिक ऋणको प्रतिव्यक्ति भार ९४ हजार ६५ रुपैयाँ पुगेको छ ।

गत असार मसान्तसम्मको तथ्यांक अनुसार प्रतिव्यक्ति ऋणभार ९१ हजार ६ सय ८८ रुपैयाँ थियो ।

भदौ मसान्तसम्म आन्तरिक ऋण १२ खर्ब ८१ अर्ब ८२ करोड र वाह्य ऋण १४ खर्ब ६१ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादन (जीडीपी) का आधारमा ४४.९२ प्रतिशत हाराहारी पुगेको छ ।

यसमध्ये आन्तरिक ऋण २०.९९ प्रतिशत र वाह्य ऋण २३.९३ प्रतिशत रहेको कार्यालयको आँकडा छ । आन्तरिक ऋण हिस्सा ४६.७२ प्रतिशत र वाह्य ऋण हिस्सा ५३.२८ प्रतिशत छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत