गाउँ सहर

नियन्त्रणमा आयो भीमसेनस्थानमा लागेको आगो

काठमाडौँ । काठमाडौँ महानगरपालिका २२ भीमसेनस्थानमा लागेको आगो नियन्त्रणमा आएको छ । सोमवार बिहान साढे ४ बजेको समयमा लागेको आगो साढे ९ बजेपछि नियन्त्रणमा आएको हो ।

आगलागीबाट चार वटा घरहरु र एउटा मन्दिरमा क्षति पुगेको छ । मानवीय क्षतिको आशंका गरिएको छ । एउटा घर भने पूर्ण रुपमा जलेर नष्ट भएको छ । पूर्ण रुपमा क्षति भएको घरमा मानिसहरु फसेको हुनसक्ने आशंका खोजतलासी भइरहेको छ ।

भीमसेनस्थानस्थित मोहन शाहको घरको कपडाको गोदामबाट आगलागी भएको हो । काठमाडौँका चार, ललितपुर महानगरको एक, नेपाली सेना, बूढानीलकण्ठ नगरपालिका गरी आठवटा दमकल आगलागी नियन्त्रणमा परिचालन गरिएको थियो ।

आगलागीको कारणबारे अनुसन्धान शुरु गरिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत