कोशी र बागमती प्रदेशमा भारी वर्षा हुने
- गाउँ सहर संवाददाता
- १२ असोज आइतबार, २०८२ | ०७:०५:०० मा प्रकाशित

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा अन्य प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाका सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
त्यसैगरी, आज राति कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा देशका बाँकी भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नियन्त्रणमा आयो भीमसेनस्थानमा लागेको आगो
- कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
- आज फूलपाती : प्रचलन र महत्वबारे कस्ता कथन छन् ?
- प्रत्येक नेपालीकाे टाउकाेमा ९४ हजार ६५ रुपैयाँ ऋणकाे भारी
- बडा दशैँको छैटौँ दिन, आज कात्यायनीदेवीको पूजा गरिँदै
- एसईई पूरक परीक्षा : ८३ हजार विद्यार्थी उत्तीर्ण
- दशैँ हिले हुने निश्चित : फूलपातीदेखि लगातार पानी पर्ने
- ग्लोबल आईएमई बैंकको ‘गोल बेस्ड सेभिङ्ग’ योजना
- आज सेप्टेम्बर २७ अर्थात् ४६औँ विश्व पर्यटन दिवस मनाइँदै
- बडा दशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजाआजा गरेर मनाइँदै
प्रतिकृया दिनुहोस