गाउँ सहर

नवरात्रको आठौँ दिन, महागौरीको पूजा गरिँदै

काठमाडौँ । आज नवरात्रको आठौँ दिन अर्थात् अष्टमी तिथि, महागौरीको पूजाआजा गरिन्छ ।

दुर्गापूजाको आठौँ स्वरूप महागौरीलाई शक्तिशाली र पाप नाश गर्ने देवीका रूपमा पूजा गरिन्छ । शास्त्रीय मान्यताअनुसार यिनको उपासनाले पूर्वसञ्चित पाप नष्ट हुने मात्र नभई भविष्यमा हुने दुख–सन्तापसमेत टर्ने विश्वास गरिन्छ ।

महागौरी सेतो वर्णकी, सेतो वस्त्र र गहना धारण गरेकी, वृषवाहनमा आसीन चार हातकी देवीका रूपमा वर्णन गरिएको छ ।

शिवपुराणका अनुसार बाल्यकालदेखि नै पार्वती (महागौरी) ले महादेवलाई पतिको रूपमा पाउन कठोर तपस्या गरेकी थिइन् । लामो तपस्याका कारण शरीर कालो भए पनि शिवले गंगाजलले स्नान गराएपछि उनी गोरी भएकी मानिन्छ । त्यसपछि देवीलाई “महागौरी” नामले पुकारिएको हो ।

गाउँ सहर संवाददाता

तपाईँको मत