गाउँ सहर
प्रधानमन्त्री ओलीसँग भारतीय विदेशसचिवको शिष्टाचार भेट
- १ भदौ आइतबार, २०८२ | १२:२४:०० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिश्रीले आइतबार (भदौ १) शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर उनले भेटवार्ता गरेका हुन् ।
त्यस अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मन्त्रालयका अधिकारी, नेपालका निम्ति भारतीय राजदूत नवीन श्रीवास्तवलगायत व्यक्तिहरू उपस्थित थिए ।
परराष्ट्रसचिव अमृतबहादुर राईको निमन्त्रणामा मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणक्रममा आइतबारै बिहान काठमाडौं आइपुगेका हुन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलसित पनि शिष्टाचार भेट गर्नेछन् ।
मिश्री सोमबार (भदौ २) स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस