चिनियाँ राष्ट्रपति सीसामु ‘प्रधानमन्त्री ओलीले जनाए आपत्ति’
- गाउँ सहर संवाददाता
- १४ भदौ शनिबार, २०८२ | १९:०१:०० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच शनिबार (भदौ १४) तियानजिन अतिथिगृहमा दुईपक्षीय भेटवार्ता भएको छ ।
त्यसक्रममा दुई देशबीचको मित्रवत् सम्बन्ध र सहकार्यका विषयमा छलफल गरिएको थियो । सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने समझदारी समेत भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।
नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच गरिएको सहमतिका विषयमा राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीले स्पष्ट रूपमा आपत्ति रहेको कुरा राखेका परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिए ।
“सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका सबै भूभागहरू सार्वभौम मुलुक नेपालको भएको स्पष्ट छ,” सचिव राईले भने, “यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ भन्ने विश्वास नेपालले लिएको छ ।”
सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली शनिबारै बिहान तियानजिन प्रस्थान गरेका हुन् । उनले २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गरेका छन् । टोली हिमालय एयरलाइन्सको विशेष विमानमार्फत चीन गएको हो । तियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयानुसार शनिबार दिउँसो सवा ३ बजे उक्त विमान अवतरण गरेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- देशकाे माैसम आज कस्ताे छ ?
- नवरात्रको आठौँ दिन, महागौरीको पूजा गरिँदै
- नियन्त्रणमा आयो भीमसेनस्थानमा लागेको आगो
- कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
- आज फूलपाती : प्रचलन र महत्वबारे कस्ता कथन छन् ?
- प्रत्येक नेपालीकाे टाउकाेमा ९४ हजार ६५ रुपैयाँ ऋणकाे भारी
- कोशी र बागमती प्रदेशमा भारी वर्षा हुने
- बडा दशैँको छैटौँ दिन, आज कात्यायनीदेवीको पूजा गरिँदै
- एसईई पूरक परीक्षा : ८३ हजार विद्यार्थी उत्तीर्ण
- दशैँ हिले हुने निश्चित : फूलपातीदेखि लगातार पानी पर्ने
प्रतिकृया दिनुहोस