बुधबार लगानीकर्ताहरू जलविद्युत कम्पनीतिर आकर्षित, नेप्से भने सामान्य अंकले घट्याे
- गाउँ सहर संवाददाता
- २२ बैशाख बुधबार, २०७८ | १५:५३:०० मा प्रकाशित

काठमाडाैं । बुधबार नेप्से परिसूचकमा सामान्य गिरावट भइ बन्द भएकाे छ ।
यसदिन दिन शेयर बजार परिसूचक घटेपनि १६ कम्वपनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । हाइड्रोपावर कम्पनीहरुमा लगानीकर्ताको आकर्षण कायमै रहेको देखिएको छ ।
बुधबार नेप्से सूचक ५.०९ अंकले घटेर २६४९.६० विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि १.६३ अंकले घटेर ४७३.८१ विन्दुमा झरेको छ ।
यस दिन २१८ वटा कम्पनीको १ करोड ४८ लाख ६७ हजार ९९५ कित्ता शेयर ६ अर्ब २१ करोड ६८ लाख १४ हजार ३१३ रुपैयाँमा खरिद बिक्री भएको छ ।
यो दिनको कारोबा रिडी हाइड्रोपावर र राइराङ हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले सकारात्मक सर्किट लागेको छ । त्यसैगरी विशाल बजार कम्पनीको ९.९९ प्रतिशत, महिला लघुवित्तको ९.९८ प्रतिशत र सिंगटी इनर्जी कम्पनीको ९.९८ प्रतिशतले सेयर मूल्यमा उछाल आएको छ ।
त्यसैगरी छ्याङदी हाइड्रोपावर ९.९७ प्रतिशत, समता घरेलू लघुवित्तको ९.९२ प्रतिशत, युनियन हाइड्रोपावरको ९.८० प्रतिशत, जोशी हाइड्रोपावरको ९.७२ प्रतिशत र बरुण हाइड्रोपावरको ९.७२ प्रतिशतले सेयर मूल्य बढेको छ ।
त्यसैगरी सबैभन्दा बढी गुमाउने कम्पनीमा आशा लघुवित्त, लक्ष्मी लघुवित्त, इन्फिनिटी लघुवित्त, सबैको लघुवित्त, स्वाभिमान लघुवित्तको सेयर मूल्य घटेको छ ।
बुधबार एनआइसी एशिया लघुवित्तको सबैभन्दा धेरै २२ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने एनसिसि बैंकको १९ करोड ४७ लाख, अपि पावरको १८ करोड २७ लाख र जनउत्थान सामुदायिक लघुवित्तको १५ करोड २३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
प्रतिकृया दिनुहोस