स्वास्थ्य

भारतमा काेराेना संक्रमित दुई कराेड नाघ्याे, सबैभन्दा बढि संक्रमित दश मुलुक (सूचीसहित)

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसले सताइरहेकाे छ । भारतमा पछिल्लाे २४ घण्टामा विश्वभरका सबैभन्दा धेरै काेराेना संक्रमित र मृत्यु भएका छन् । भारतमा थपिएकाे पछिल्ला संक्रमितहरूकाे संख्या विश्वरमा थपिएकाे संख्याकाे आधाभन्दा बढि हाे । विश्वभर ६ लाख ६८ हजार थपिएकामध्ये भारतमा ३ लाख ५५ हजार ८२८ जना नयाँ संक्रमित थपिएका छन् भने ३ हजार ४ सय ३८ जनाकाे मृत्यु भएकाे छ । यससँगै भारतमा संक्रमित संख्या हालसम्म २ कराेड २ लाख ७५ हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये २ लाख २२ हजार ३८३ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड ६६ लाख ७०३ हजार जना निको भएका छन् । सक्रिय केस ३४ लाख ५२ हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

विश्वभर संक्रमितमध्ये निको हुनेको संख्या १३ करोड १५ लाख ६४ हजार जना भन्दा बढि छन् । विश्वभर हाल १ कराेड ९३ लाख ३८ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १५ करोड ४१ लाख ७४ हजार नाघेको छ भने मृतकको संख्या ३२ लाख २६ हजार ७२६ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये एक लाख ११ हजार ४५५ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड ३२ लाख ३० हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख ९१ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ९ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ५९ लाख ९ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ६७ लाख २९ हजार जनामा भाइरस सक्रिय छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड ४७ लाख ९१ हजार जना संक्रमितमध्ये १ कराेड ३३ लाख ३६ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने ४ लाख ८ हजारभन्दा बढी छन् । हाल १० लाख ४६ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित ३ लाख ४३ हजार ४१८ जना पुगेका छन् भने २ लाख ८६ हजार १५ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३ हजार ३६२ पुगेको छ भने ५४ हजार ४१ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत